कतारका लागि नेपाली राजदूत कोइरालालाई सरकारले फिर्ता बोलायो


नेपाल समाचारपत्र, काठमाडौं ।
सरकारले कतारका लागि नेपाली राजदूत रमेश कोइरालालाई फिर्ता बोलाएको छ । मन्त्रिपरिषद्ले गरेका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले राजदूत कोइरालालाई फिर्ता बोलाउने निर्णय गरेको जानकारी दिनुभयो ।

बास्कोटाले अहिलेसम्मको कार्यकालका लागि राजदूत कोइरालाई धन्यवाद दिँदै सरकारले आवश्यकता महसुश गरी फिर्ता बोलाएको बताउनुभयो ।

कोइरालालाई २ वर्षअघि पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वले राजदूत बनाएको थियो ।