हावाहुरी प्रभावितको घर बनाउन सरकारले दियो ८५ करोड बढि


नेपाल समाचारपत्र, काठमाडौं ।
गत चैत १७ गते बारा र पर्सामा आएकाे विनाशकारी हावाहुरीले क्षतिग्रस्त घर निर्माणका लागि सरकारले ८४ करोड बढि रकम दिने निर्णय गरेकाे छ । गत बैशाख ५ र १० गतेको मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले नेपाली सेनालाई सो पैसा उपलब्ध गराउने जानकारी दिनुभयो ।

हावाहुरीबाट १४ सय ५३ वटा घर निर्माणका लागि सेनालाई ८४ करोड ६८ लाख ७६ हजार १ सय ४० रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको बास्कोटाले बताउनुभयो ।