चार बिगाहा जग्गाको अवैध अफिम नष्ट


धनवीर दाहाल, रुकुम ।
रुकुम पश्चिममा चार बिगाहा जग्गामा लगाईएको अवैध अफिम खेती प्रहरीले नष्ट गरेको छ । सशस्त्र प्रहरी र नेपाल प्रहरीले जिल्लाका बिभिन्न ठाँउको अवैध अफिम नष्ट गरेको हो । आठबीसकोट नगरपालिका १२ ठुली बार्फुमा २ बिगाह जग्गामा लगाएको अफिम नष्ट नष्ट गरिएको हो ।

यसै गरी बाँफिकोट गाँउपालिका १० सेजेको डेड बिगाह जग्गामा लगाइएको अफिम खेती सशस्त्र र नेपाल प्रहरीको टोलीले नष्ट गरेको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिनुभयो । त्रिबेणी गाँउपालिका वडा नं १ को आधा बिगाह गरी जम्मा चार बिगाह जग्गामा स्थानीयले अवैध रुपमा अफिमको खेती गरिरहेको पाइएको छ । बिशेष सुचनाका आधारमा गाँउ गाँउमा पुगेर प्रहरीले नष्ट गरेको शसस्त्र प्रहरीबल गुल्म नम्बर ४७ रुकुमका प्रहरी नायव उपरिक्षक पुर्णबहादुर कुँवरले जानकारी दिनभुयो ।

लागूऔषध अफिम महँगो मुल्यमा बिक्री हुने भएकाले स्थानीयवासी अफिमको खेती गरिरहेका छन् । अफिम खेती भएको जानकारी पाएलगत्तै जिल्ला सुरक्षा समितिको बैठकबाट सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली ति क्षेत्रमा खटिएर अफिम नष्ट गरेको प्रमुख जिल्ला अधिकार रेग्मीले बताउनुभयो ।

गहुँबाली उत्पादन हुने खेतबारीमा नै अवैध लागुऔषध अफिमको खेती गरेको पाइएपछि प्रहरी नष्ट गर्ने अभियानमा गाँउ पसेको थियो । यस्तो खेती गरिरहेको अझै पनि सुचना प्राप्त भएकोले जिल्लालाई अफिममुक्त जिल्ला बनाउनका लागी आफुहरुले नष्ट गर्ने अभियान थालेको सशस्त्र प्रहरीका प्रहरी नायव उपरिक्षक कुवँरको भनाई छ ।