गुल्मीमा झाडा पखालाबाट सिङ्गो गाउँ नैै संकटमा


अनिल खत्री, गुल्मी ।
गुल्मीमा झाडा पखलाबाट सिङ्गो गाउँ नैै संकट परेको छ । जिल्लाको मुसिकोट नगरपालिको वडा नम्वर ४ रहेको दजाकोटमा सिङ्गोगाउँ नै झाडा पखलाको महामारिमा फैलिएको हो । झाडा पखलबाट ५८ जना बिरामी परेका छन् । भने ३ जनाको अबस्था गम्भीर रहेको छ ।
झाडा पखलबाट बिरामी मध्ये गम्भीर अबस्थामा रहेकाको गुल्मी अस्पताल र अरु बिरामीको बिभिन्न स्थानमा उपचार भइरहेको स्थानिय हरि छन्तेलले बताए । सोमबार ४ जनाबाट फैलिएको झाडा पखला बिहिबारसम्म माहमारीको रुपमा फैलिएको हो ।

दजाकोटका ७५ घरधुरीका बालक देखि बृद्ध सम्म सयौजनालाई गत चार दिन देखि झाडा पखलाको माहमारीले सिङ्गो गाउँ नै संकट ग्रस्त बनेको स्थानिय हरि छन्तेलले बताए । संक्रमण थप बढ्ने डरले दुई दिन देखि स्थानिय पशुपति निवि समेत बन्द गरिएको छ ।

प्रभावित क्षेत्रमा मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटाको नेतृत्वमा जिल्ला अस्पतल गुल्मी, जनस्वस्थ्य कार्यालय गुल्मी, वामीटक्सारबाट स्वास्थ्यकर्मी आएर यस विद्यालयको प्रङ्गणमा स्वास्थ्य शिविर सञ्चालन गरिरहेका छन् । स्वास्थ्य शिविरमा १५ देखि २० जनालाई उपचार गरिरहेको मेयर सापकोटाले बताए ।

केहिलाई अहिले गुल्मी अस्पताल तम्घास पठाउने तयारीमा रहेको सापकोटाले बताए । उनका अनुसार लुरेखोला मुहानको पानी पिउने सवै घरधुरी छाडापखलाको माहमारीमा परेका हुन् । पानी पिउने मध्ये ७० देखि ७५घरधुरी खोलाको पानी पाईप मार्फत गाउँमा ट्याङकीमा संकलन गरि पिउँदै आएका थिए ।

पानी पिउने जति सबै संकटमा परेका हुन् । नगरप्रमुख सापकोटाका अनुसार पानीकै कारण झाडा पखलाको महामारी फैलिएको बताए । आगोलागीका बेला अस्थाई रुपमा नुरखोला लालाङली मुहानको पानी खुवाएको सापकोटाले बताए ।

पहिला बिरामीको उपचारमा ध्यान दिने र त्यस पछि मुहान के प्रदुर्षण छ त्यस बारे छानविन गर्ने नगर प्रमुख सापकोटाले बताए । उनका अनुसार त्यस मुहानको तलबाट त्यस दजाकोटवासीले पानी पिउने गरेका छन् ।

त्यस भन्दा अलि माथीको मुहानमा स्थानियले कपडा धुने गर्दछन् । त्यसको सावुन लगायत दुषित पानी बगेर तलको मुहानमा गएर मिस्सीदा दजाकोटवासीलाई झागापखला लागेको स्थानियको अनुमान छ ।

बिरामी मध्ये १ जना बेहोस महिलालाई जिल्ला अस्पताल पठाई सकिएको र थप ४ जनालाई पनि पठाउनु पर्ने देखिएको मेयर सापकोटाले बताए । सोहि स्थानमै ०७३ साल बैशाख १८ गते पारी जंगलमा लागेको आगो पानीको अभावमा स्थानियले नियन्त्रणमा लिन नसक्दा वारी दजाकोटमा फैलिएर त्यो पुरै गाउँ खरानीमा परिणत भएको थियो ।

५६ घरधुरी जलेर नष्ट भएको थियो । भने १जनाको मृत्यु समेत भएको थियो । घर गोठ सहित ७० वटा जलेको १० करोड भन्दा बढिको क्षति भएको थियो ।