गण्डकी समृद्धि बचत खाता


काठमाडौं(नेस)
खोलौ बैंक खाता अभियान २०७६ लाई आत्मसाथ गर्दै गण्डकी विकास बैंक लि ले आफ्ना ग्राहक बर्गमा ‘गण्डकी समृद्धि बचत खाता’ सञ्चालनमा ल्याएको छ । यस खाता अन्तरगत खाता खोल्ना साथ बैंकले रु एक सय रुपैयाँ जम्मा गरिदिनेछ भने ग्राहकले शुन्य मौज्दातमै खाता खोल्न सक्नेछन् ।

‘सबै नेपालीको समृद्धिको आशा खोलौ गण्डकीमा समृद्धि बचत खाता’ भन्ने नाराका साथ शुरु गरेको यस खातामा निः शुल्क अन्तर शाखा कारोवार, एटिएम सुविधा, वार्षिक ७ प्रतिशत व्याजदर, निःशुल्क शेयर आवेदन फारम भर्न सकिने साथै अन्य थुप्रै सुविधाहरु सहितको विशेषता रहेको छ ।