६५ एमबीपीएसका प्लानहरु बजारमा

0
Shares

काठमाडौै(नेस)
विगत नौं वर्ष देखि नेपालमा विशुद्ध ईन्टरनेट सेवा प्रदान गर्दै आएको यस क्लासिक टेक प्रा. लि. ले हाल विश्वकै उत्कृष्ट जीपीओएन प्रविधिबाट फाईवर ईन्टरनेट सेवा प्रदान गर्दै आएको छ ।यस कम्पनीस“ग हाल १०० फाईबर ब्याकबोन रहेको छ एयरटेरल र टाटाबाट देशका तीन नाकाहरुबाट आफ्नै लगानीमा ईन्टरनेटको ब्यान्डविथ भित्रा्याएको छ ।यसका साथैं गुगल, फेसबुक, अकामाई तथा अन्य विभिन्न सर्भरहरु आफैले होस्ट गरेको छ। सो सर्भर र नेटवर्कको पूर्वाधारको कारणले नैगुणस्तरीय सेवा उपलब्ध गराउन सक्षम भएको छ ।

अहिले सम्म नेपालको ७४ वटा जिल्लामा नेटवर्क विस्तार गर्नुका साथैं २० वटा भन्दा बढी शाखाको स्थापना गरी करिब ८०० दक्ष जनशक्तिहरुका माध्यमबाट निरन्तर रुपलेआफ्ना ग्राहकहरुलाई सेवा प्रदान गरिरहेकोछ ।
ईन्टरनेटको बढ्दो गतिको मागलाई ध्यानमा राख्दै यस कम्पनीले बजारमा ४०, ५० तथा ६५ एमबीपीएसका प्लानहरु बजारमा ल्याएको छ ।

यस कम्पनीले ४० एमबीपीएस गतिको बुलेट (जीप्लान मात्र रु. ६९२ प्रति महिनाको दरमा वार्षिक ग्राहकहरुलाई उपलब्ध गराउने भएको छ ।नेपालमै यति धेरै ब्यान्डविथ यति कम मूल्यमा उपलब्ध गराईएको यो पहिलो पटक हो ।यसका साथैं जडान खर्च तथा फाईवर केवलमा शतप्रतिशत छुटका साथैं धरौंटी रकम बुझाउनु पर्ने छैन ।यसका साथैं खल्ती पेमेन्ट गेट्वेको माध्यमबाट रिचार्ज गरी सो सेवा लिने ग्राहकहरुलाई ५ प्रतिशतको नगद छुटको व्यवस्था समेत गरिएको छ ।

यो अफर सीमित अवधिका लागि मात्र उपलब्ध रहेको छ ।
यस ईन्टरनेटको ब्यान्डिवथको वृद्धि र कम्पनीको पूर्वाधारको सुधारको कारणले नेपालमा ग्राहकहरुले उत्कृष्ट सेवाको अनुभव पाउने छ भने विशेष गरी गेमर्सहरुका लागि ठूलो राहत मिल्ने छ ।