विमानस्थलको उपकरण परीक्षण गरिँदै

0
Shares

दीपेन्द्र थापा, काठमाडौं
नेपालका विमानस्थलमा रहेका राडार तथा संचार तथा उड्डयन सहायक उपकरणको चेक जाँच गर्ने कार्य शुरु गरिएको छ ।

‘रेडियो डिटेक्सन् एन्ड रेन्जिङ’लाई छोटकरीमा राडार भनिन्छ। यस प्रविधिले रेडियो तरंगमार्फत विमानको अवस्थिति, उचाई, गति जस्ता जानकारी थाहा पाउन सकिने छ । उडानलाई समेत सुरक्षित गर्ने यस प्रविधिको आविष्कार सन् १९२२ मा भएको थियो ।

थाईल्याण्डका विशेष एरोथाईको विचक्रप्फट वि–३०० बाट विमानस्थलमा भएको राडर तथा अन्य उड्डयन यन्त्र उपकरणहरुको अवस्थिति वारेमा जानकारी गराउने बुझिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका राडर उड्डयन यन्त्र उपकरणको अवस्थितिको वारे मंगलवार नै चेक जाँच शुरु गरिसकेको नेपाल नागरिक उड्डयन प्राधिकरणका उपनिर्देशक ईन्जिनियर संजिवसिंह कठायतले जानकारी दिनुभयो । तीन जना चालक दलका सदस्य सहित थाईल्याण्डवाट आएका ७ जनाको प्राविधिक र प्राधिकरणका जनशतिmले प्लाईट इन्फेक्सन गर्ने विशेष विमान मार्फत नियमित रुपमा जेष्ठ ४ गते सम्म विमानस्थलहरुको हवाई प्रकरणको अवस्थिको जाँच गर्ने छ ।

‘विमानले प्राधिकरण अन्र्तगतका प्रयोगमा रहेका उपकरणहरुको अवस्थाको वारेमा विस्तृत रुपमा हवाई चेक जाँच गर्नेछ’ उपनिर्देशक कठायतले भन्नुभयोे–‘यो प्राधिकरणको नियमित काम हो । प्राधिकरणले खुल्ला वोलपत्र आह्वान गरी एरो थाई कम्पनीलाई छनोट गरी यो वर्षको हवाई चेकजाँचको कार्य गर्ने लागेको हो ।’

७ सदस्यीय टोलीले करिब १ महिना सम्म विमानस्थलका यन्त्र उपकरणहरुको अवस्थितिको क्षमता जाँच बुझ गरी प्लाई क्यालीव्रेसन रिपोट पेश गर्ने छ । सोही आधारमा प्राधिरणले विमानस्थलमा भएका हवाई उपकरणहरुको मर्मत संभार तथा स्तर उन्नति गदै जाने छ ।

यो समयमा विभिन्न विमानस्थलहरुमा हुने उडान अवतरण मा केही असर पर्न सक्ने प्राधिकरणले जनाएको छ । यसको अतिरिक्त बेलुका १० बजेबाट विहान ८ बजेसम्म विमानस्थल वन्द गरेर चत्रै १८ गते देखि धावमार्गको पुरानो कालो पत्र फालेर करिव ४४ वर्ष पछि नयाँ पिच गरिँदै छ ।

प्राधिरणले गत वर्षको नोभेम्बरमा भट्टेडाँडा र त्रिभुवन विमानस्थलमा जडान गरिएको नयाँ ‘इन रुट मोनोपल्स सेकन्डरी सभिलियन्स राडार मोड–यस’को गत वर्ष संयुक्त राज्य अमेरिकाबाट फेडरल एभिएसन एडिमनिस्ट्रेसनबाट आएको जहाजले ३ दिन लगाएर जाँच गरेको थियो । नयाँ राडारको फ्लाइट क्यालिब्रेसन गरी चेकजाँचपछि सञ्चालनमा ल्याएको थियो । भट्टेडाँडामा ८ हजार २ सय फिट (२ हजार ३ सय मिटर) उचाईमा सो राडर स्थापना गरिएको छ ।

सन् १९९२ को जुलाई र सेप्टेम्बर २ महिनाको अवधिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलतर्फ आइरहेका दुईवटा अन्तर्राष्ट्रिय विमान दुर्घटना भएपछि त्रिभुवन विमानस्थलमा राडार राख्ने काम गरिएको थियो।