बाराका हुरीपिडितलाई काठमाडाैँका चिकित्सकको आर्थिक सहयोग


बारा ।
बाराको फेटा गाउपालिका वडा नम्बर ६ पुरैनियाका हुरी पिडितको लागि काठमाण्र्डौका चिकित्सक राजु गुरुङ्गले राहत स्वरुप ४० हजार २३० रुपैया आर्थिक सहयोग गर्नु भएको छ ।

तराइ्र्र विकास तथा संचार केन्द्र काठमाण्डौं मार्फत चिकित्सक गुरुङ्गले उपलब्ध गराएको नगद नेपाल समाचार पत्र दैनिकका बारा सम्बाददाता गोकुल घोरसाइनेले पिडित ९ परिवारलाई सोमबार हस्तान्तरण गरेका थिए ।

विनासकारी हावाहुरीले सबै भन्दा बढी प्रभावित पुरैनियाका १० मृतकका ४ जना आफन्त, ३ घाइते तथा एक सुत्केरी महिला समेत गरी ९ जनालाइ्र्र दामासाहीले सो रकम प्रदान गरिएको थियो । वडा कार्यालयको प्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्राङ्गणमा गरिएको रकम हस्तान्तरण कार्यक्रममा कलैयाबाट प्रकाशित हुने साझेदारी दैनिकका प्र्रकाशक तथा सम्पादक श्यामबाबु यादव, वडा अध्यक्ष जाकिर हुसेन अन्सारी लगायत पिडित परिवारका सदस्यहरु र स्थानीयको समेत उपस्थिति रहेको थियो ।