पूर्व मन्त्री ताम्राकारको निधन


काठमाडौँ ।
नेपाली काँग्रेसका पूर्व कोषाध्यक्ष एवं पूर्व मन्त्री रामकृष्ण ताम्राकारको उपचारका क्रममा निधन भएको छ ।
निमोनिया बढेपछि यही वैशाख ३ गते अस्पताल भर्ना हुनुभएका ७५ बर्षीय नेता ताम्राकारको आज दिउँसो ३ः४५ बजे अल्का अस्पतालमा निधन भएको काँग्रेसले जनाएको छ ।

पूर्व स्वास्थ्य र उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री रहनुभएका नेता ताम्राकारले पार्टीको ११ औँ महाधिवेशनपछि कोषाध्यक्षको भूमिका निर्वाह गर्नुभएको थियो । भैरहवा सिद्धार्थनगर निवासी ताम्राकार काठमाडौँमा बस्दै आउनुभएको थियो । नेता ताम्राकारको निधनको खबरसँगै अहिले साँझ काँग्रेस केन्द्रीय समितिको आकस्मिक बैठक बस्ने पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।
रासस