रसुवाबाट सात किलो सुनसहित एक जना पक्राउ


नेपाल समाचारपत्र, रसुवा ।
प्रहरीले रसुवाको टिमुरेबाट सात किलोसुनसहित एक जनालाई पक्राउ गरेको छ । चीनको केरुङ नाकाबाट काठमाडौंतर्फ आउँदै गरेको ना ६ ख ९०६८ नम्बरको लोडेड कन्टेनर ट्रक लुकाईछिपाई सुन ल्याएको अवस्थामा प्रहरीले चेकजाँच गर्ने सुनसहित ट्रक चालक नवकुण्ड गाउँपालिका–१ यार्साका शेर ग्याल्पो घलेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

टिमुरेस्थित भन्सार कार्यालय जाँचपास गरी क्रस भएको ट्रक शंका लागि प्रहरीले पुनः चेकजाँच गर्दा ७ किलो सुन फेला परेको प्रहरीले जनाएको छ ।