हेमन्तप्रकाश ओलीसहित छ जना पुर्पक्षका लागि थुनामा


नेपाल समाचारपत्र, काठमाडौं ।
जिल्ला अदालत, ललितपुरले विप्लव समूहका तत्कालिन मध्यकमाण्ड इञ्चार्ज हेमन्तप्रकाश ओलीसहित ६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

थुनामा पर्नेमा अरु दयाङ भन्ने दिकेन्द्र राई, शिव धमला भन्ने शिव धिमाल, जुम्ली भनिने विरबहादुर कठायत, रामकृष्ण खतिवडा र ईश्वर परिवार भनिने ईश्वर दमाई रहेका छन् ।

नख्खुमा रहेको एनसेल मुख्यालय विष्फोटमा संलग्न ओलीसहित अन्यलाई अदालतको आदेशपछि नख्खु कारागार चलान गरिएको छ ।