गहुँ उत्पादनमा कमी


बर्दिवास ।
महोत्तरी जिल्लामा यसपालि गहुँको उत्पादन निकै घटेको छ । बाली तयार भएर काट्ने बेलामा आएको हावाहुरी र असिनापानीले नोक्सान गरेपछि गहुँको उत्पादनमा कमी आएको हो ।

जिल्लाको ३० हजार हेक्टर क्षेत्रफलमा लगाइएको गहुँ बालीबाट ६५ हजार मेट्रिकटन उत्पादन हुने लक्ष राखिएको थियो । तर गत चैतको मध्यदेखि नै आएको हावाहुरी र असिनापानीले गहुँ बाली खेतबारीमै लडाएर नोक्सान हुँदा ३५ हजार मेट्रिकटन मात्र उत्पादन हुने अनुमान गरिएको कृषि ज्ञान केन्द्र डिभिजन कार्यालय मलङ्गवा ९सर्लाही० को सम्पर्क कार्यालय जलेश्वर ९महोत्तरी०ले जनाएको हो ।

जिल्लामा गहुँबाली धेरै गरिने भङ्गाहा, मनराशिशवा, बलवा, गौशाला र औरही नगरपालिका क्षेत्रमा असिनापानी धेरै परेकाले गहुँका बाला खेतमै झरेर नोक्सान भएको छ । वैशाख पहिलो साता सकिन लाग्दासम्म अझै किसानले खेतबाट गहुँबाली समेट्न नसकेका कृषि ज्ञान केन्द्र सम्पर्क कार्यालय जलेश्वरका प्रमुख सुरेशप्रसाद चौरसियाले बताउनुभयो ।

अपेक्षित गहुँबाली थन्क्याउन नसकिएपछि यहाँका किसान यसपालिको जीवन गुजारा कसरी गर्ने भन्ने चिन्तामा परेका छन् । जिल्लाको मुख्य दोस्रो बाली मानिएको गहुँ सोचेजस्तो उत्पादन नभएपछि यसपालि अन्नको सङ्कट परेको किसानको भनाइ छ । जिल्लामा बाली लगाइने क्षेत्रफल र उत्पादनका आधारमा धान पहिलो र गहुँ दोस्रो मुख्यबाली मानिँदै आएको छ ।

शीतभण्डार निर्माणले किसान उत्साहित

महोत्तरीको बर्दिवास नगरपालिकामा शीतभण्डार निर्माणको प्रक्रिया थालिएसँगै यहाँका किसान उत्साहित भएका छन् । नगर कार्यपालिकाले यसै वर्ष शीतभण्डार निर्माणको काम थालिने निर्णय गरेसँगै यहाँका किसानमा कृषि उत्पादनले उचित भाउ पाउने आश जागेको हो ।

“उत्पादित कृषि फसल बजारसम्म पु¥याएर कौडीको दाममा दिनुपरेको छ”, बर्दिवास–९ पशुपतिनगरका किसान जवाहर महतोले भन्नुभयो, “अब भने बल्ल शीत भण्डार ९कोल्डस्टोरेज० बन्ने भएछ, त्यसपछि भने हाम्रो उत्पादनले उचित भाउ पाउन सक्छ ।”

बर्दिवास नगरकार्यपालिकाले यसै आर्थिक वर्षभित्रै शीतभण्डार निर्माणको काम थालिने नीतिगत निर्णय गरिसकेको छ । “शीतभण्डार निर्माणका लागि करिब रु २६ करोड लाग्ने अनुमान प्राविधिकको छ”, नगरप्रमुख विदुरकुमार कार्कीले भन्नुभयो, “हामीले यसै वर्ष रु १५÷१६ करोड व्यवस्था गरेर काम शुरु गर्ने भएका छौँ, आउने आर्थिक वर्ष २०७६÷०७७ मा अपुग रकम व्यवस्थापन गरेर यो काम सम्पन्न गरिने छ ।” निर्माण हुने शीतभण्डारमा झन्डै तीन हजार मेट्रिक टन कृषि उत्पादन भण्डारण गर्न सकिने क्षमता रहेको पनि प्रमुख कार्कीले बताउनुभयो ।

नगरपालिका कार्यालयले प्रमुख कृषि कार्यक्रम सञ्चालनका लागि छुट्याएको बर्दिवास–२, ६ र ८ नम्बर वडामा पर्ने एउटै प्लटमा ८६ बिघा जग्गा छ । सोही जग्गाभित्र शीतभण्डार निर्माण गरिने नगरप्रमुख कार्कीले बताउनुभयो । “खै बनाउने कुरा त गरेका छन्, काम शुरु नभई त के भन्न सकिन्छ र रु” बर्दिवास–६ किसाननगरका किसान बलराम कार्कीले सञ्चारकर्मीसँग भन्नुभयो, “आम किसानको समृिद्धसँग जोडिएको यो कामले प्राथमिकता पाउनुपर्ने हो ।”

“मेयर कृषि कार्यक्रमअन्तर्गत नगरका सबै किसानलाई समेट्छौँ”, नगरप्रमुख कार्र्कीले भन्नुभयो, “कुन किसानले कुन बाली कति क्षेत्रफलमा लगाउँदैछन् रु यसमा कति उत्पादन हुनसक्छ रु हामी यसको अभिलेख खडा गरेर उत्पादित फसलको बजारसमेत पक्का गर्ने योजनामा जुटेका छौँ ।” सिँचाइ, मलखाद्य, बीउबिजन र बजार किसानसँग जोडिएका विषय र स्वस्थ्यकर विषादीरहित उत्पादन उपभोक्तासम्म पु¥याउने कुरालाई कार्यक्रममा समावेश गरिएको प्रमुख कार्कीले स्पष्ट पार्नुभयो ।
रासस