कारागारका कैदीले गरे साहित्य कार्यक्रम


सरिता चलाउने, सल्यान ।
जिल्ला कारागार सल्यानमा रहेका कैदीवन्दीहरुले कारागार भित्र साहित्यकार रचना बाचन गरेका छन । उनिहरुले पुस्तक समिक्षा गर्नुका साथै साहित्यीक रचना वाचन गरेका हुन ।

१० औ अन्तरराष्टिय पुस्तकालय दिवशको अवसरमा जिल्ला कारगारमा रहेका कैदीवन्दीहरुले कथा, कविता,मुक्तक , गजलहरु वाचन गरेर दिवस मनाएका कारागार सल्यानले जनाएको छ । कारागारलाई किताव अभियान अन्तरगत जिल्ला कारागरमा स्थापना भएको पुस्तकालयमा रहेका पुस्तकहरु आफ्ना लागि समय विताउने र जीउने माध्याम भएको जिल्ला कारगार सल्यानमा रहेका कैदी वन्दीले वताएका छन् ।

रुकुम सानोभेरी गाउँपालिका घरभएका कैदी कमलप्रसाद रसाईलीले पुस्तकालय स्थापना भए पछि समय विताउनु सजिलो भएको वताउनु भयो । उहाले कैदिबन्दीको संसार भनेको खुल्ला आकाश मात्र भएकोले अहिले पुस्तकालय स्थापना भए पछि समय विताउनु सजिलो भएको वताउनु भयो ।

यस्तै शिद्धकुमाख गाउँपालिका मोहन थापाले कारागारमा पुस्तकालय स्थापना गर्न पहिले देखिने माग गरेको स्मरण गर्दे अहिले आफ्नो माग पुरा भएको खुसि ब्यक्त गर्नुभयो । माग पुरा भएको खुसि ब्यक्त गर्दै जिल्ला प्रहरी कार्यालय सल्यानलाई धन्यवाद समेत दिनुभयो । साहित्यीक रचना वाचन कार्यक्रममा कैदि मानवहादुर भण्डारी र सलिना गहतराज प्रथम भएका थिए । विजेतालाई नगद १ हजार पाँच सय पुस्कार समेत प्रदान गरिएको छ । कैदीवन्दिहरुले साहित्यीक कार्यक्रमलाई निरन्तरता दिन समेत कारगार प्रशासनलाई आग्रह गरेका थिए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी चुडाराज न्यौपानेले कैदीवन्दि सृजनात्मक वन्नु पर्ने वताउनु भयो ।उहाले भन्नुभयो समयको सहि सदुपयोग गरेर समाजमा स्थापीत वन्न सृजनात्मक बन्नुहोस् ।

कारागारलाई किताव अभियान उपसमिति सल्यानका संयोजक तथा जिल्ला प्रहरीकार्यालयका प्रहरी प्रमुख विरेन्द्रवहादुर शाही अध्यक्षतमा भएको कार्यक्रममा राप्ती साहित्य परिषदका जिल्ला अध्यक्ष विष्णु शर्मा, नेपाल पत्रकार महांसंघका जिल्ला अध्यक्ष प्रतीक इच्छुक शर्मा, इन्सेक प्रतिनीधि मिना वुढाथोकी लगायतको उपस्थिीति रहेको थियो ।