मृग मारेको आरोपमा एक जना पक्राउ


दोलखा ।
संरक्षित बन्यजन्तु मृग मारेको आरोपमा दोलखा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । दोलखा विगु गाँउपालिका वडा नम्बर ५ लेटिङका लुकु तमाङलाई घरमा लुकाई राखेको मृत मृग सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक रेशम बोहोराले बताए ।
मृग मारेर तमाङको घरमा राखिएको विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सिंगटीबाट गएको प्रहरी टोलिले सोमवार खानतलासि गर्दा २२ इन्च उचाई र ३९ इन्च लम्बाई भएको खैरो रङ्गको मृत मृग फेला पारेको प्रहरी निरीक्षक बोहोराले बताए । उक्त ठाँउ गौरीशङ्कर संरक्षण क्षेत्रमा पर्ने भएकोले थप अनुसन्धानको लागि मंगलवार तमाङलाई संरक्षण क्षेत्रमा पठाईएको प्रहरीले जनाएको छ ।