नेकपा भित्र सर्लाहीमा दुई गुट, समानान्तर कमिटी घोषणा गर्ने चेतावनी


पुष्पा थापा, सर्लाही ।
सर्लाहीमा नेपाल कम्युनिष्ट पार्टी नेकपा भित्र दुई गुट देखिएको छ। केन्द्रले जिल्ला अध्यक्षमा रेवती पन्तलाई मनोनीत गरेपछि सचिवमा मनोनित हुनुभएका केन्द्रीय सदस्य डाचाराज वाग्लेले तिब्र असन्तुष्टि जनाउँदै सोमबार बागमती पत्रकार सम्मेलन गरि केन्द्रले आफुलाइ पार्टी अपमान गरेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो।

उहाले संचारकर्मी माझ आफुलाई पार्टीको केन्द्रीय सदस्यीयबाट तल झारेर पद र मर्यादाको उपहास गरेकाले जिल्ला सचिवको पदबाट राजिनामा दिएर समानान्तर जिल्ला कमिटी घोषणा गर्ने चेतावनी दिनुभयो ।पार्टीले प्रदेश कमिटीमा रहेका नेता रेवती पन्तलाई अध्यक्ष बनाएर र आफू केन्द्रीय सदस्यीय भैसकेकोलाई सचिवमा मनोनीत गरेको सुन्दा अचम्मित भएको बताउनुभयो ।

पत्रकार सम्मेलनमा वाग्ले नजिक देखिएका जिल्ला नेताहरुले समेत पार्टीले पदीय मुल्यांकन गर्न नसकेको भनेर चर्को आलोचना गरेका छन। पत्रकार सम्मेलनमा नेकपाका प्रदेश सभा सदस्य द्धोय डिल्लीप्रसाद उपे्रती र बेची लुंगेली, बागमती नगरपालिकाका मेयर भरतकुमार थापा, केन्द्रीय सदस्य कमल बुढाथोकी, सुरेन्द्र लामा, उत्तरकुमार मैनाली लगायतका नेताहरुको उपस्थिती रहेको थियो ।

त्यसैगरी सोमबार नेकपाले दुई छुट्टाछुट्टै स्थानमा ७० औं स्थापना दिवस मनाएको छ। तत्कालीन नेकपा एमालेले ईश्वरपुर नगरपालिकामा स्थापना दिवस मनाएको हो भने तत्कालीन नेकपा माओवादीका नेताहरूले चक्रघट्टा गाउपालिकामा स्थापन दिवस मनाएका छ।ईश्वरपुरमा तत्कालीन नेकपा एमालेका केन्द्रीय सदस्य रवीन्द्र बैठा ,पुर्व जिल्ला अध्यक्ष रेवती पन्त ,नेताहरु गणेश प्रसाईं लगायतका नेताको सहभागीता रहेको थियो।

त्यसैगरी चक्रघट्टा गाउपालिकामा भएको कार्यक्रममा पुर्व माओवादीका केन्द्रीय सदस्य डाँचाराज वाग्ले ,रामेश्वर राय,तत्कालीन एमालेबाट निर्वा्चित प्रदेश संसदहरु डिल्ली उप्रेती ,बेचि लुङ्गेली, पुर्व संसद कमला देवी महोतो ,हरि उप्रेती, कमल बुढाथोकी लगायतका नेताहरूको सहभागीता रहेको थियो। तत्कालीन नेकपा एमालेका जिल्ला अध्यक्ष तथा सोमबार मनोनीत हुनुभएका नेकपा जिल्ला अध्यक्ष रेवती पन्तले पार्टी भित्र केही फरक मत भएपनि पार्टी बिधान, प्रक्रिया र पद्धतिले चल्ने भएकाले सानातिना विवाद आउनु स्वाभाविक भएको बताउनुभयो ।