सवारी दुर्घटनामा दुई जनाको मृत्यु


काठमाडौं ।
पाँचथर र सप्तरीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ ।
पाँचथर, तुम्बेवा गाउँपालिका(१ जरायोटार किरुवा सामुदायिक बनस्थित यासोक मौवा सडक खण्डमा मे।१ त ३८८२ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खसेर दुर्घटना हुँदा ट्याक्टरका सहचालक कुम्मायक गाउँपालिका १ भदौरे बस्ने १८ वर्षीय जित बहादुर सेतीसुराल (बिक) को घट्नास्थलमै मृत्यु भएको छ । फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

सप्तरी शम्भुनाथ नगरपालिका ४ स्थित पूर्वपश्चिम राजमार्गमा को।१ च ८४०० नम्बरको जिपले सोही ठाउँ बस्ने पैदलयात्री ७० वर्षीया मखनी देवी थरुनीलाई सोमबार राति ठक्कर दिंदा गम्भीर घाइते भएकीले उपचारको लागि युनिक अस्पताल रुपनीतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । जिप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।