अनाथ आश्रमले अक्षयकोष वृद्धिका लागि महायज्ञ गर्ने


यमलाल भुसाल, बुटवल ।
अनाथ तथा असहाय महिला कल्याण समाज आत्मशान्ति अनाथ आश्रमले अक्षयकोष वृद्धिका लागि महायज्ञ गर्ने भएको छ ।
आश्रममा आश्रित बालबालिकाहरुको पालनपोषण, शिक्षा, स्वास्थ्यको लागि अक्षयकोष आवश्यक रहेको भन्दै आश्रमले अक्षयकोष वृद्धिका लागि यही बैशाख १५ देखि २३ गतेसम्म महाभारत महापुराण सत्सङ्ग प्रवचन गर्ने भएको हो ।

आश्रमले स्थापना गरेको अक्षयकोषमा हाल ४२ लाख रुपैयाँ रहेको छ । एक करोड पु¥याउने लक्ष्य राखिएको अक्षयकोषमा दाताहरुले सहयोग गर्ने क्रम जारी रहेको आश्रमकी अध्यक्ष मैनादेवी भण्डारीले जानकारी दिनु भयो ।

“महायज्ञबाट उठेको रकम अक्षयकोषमै राखिने छ र यसबाट आश्रय लिइरहेकाहरुको पालनपोषण, शिक्षा र स्वास्थ्यमा खर्च गरिने छ”–उहाँले भन्नु भयो महायज्ञमा पण्डित प्रेम सुजन शास्त्रीले कथा वाचन गर्नु हुने छ् ।

अनाथ बालबालिकाहरुले आश्रय लिंदै आएको आश्रममा अहिले भने बालिकाहरुलाई राख्न छाडिएको छ ।
आश्रममा राख्नका लागि बालिकाको मात्रै कोटा पु¥याउन मुस्किल रहेको र बालबालिकालाई सँगै राख्दा उमेर बढ्दै गएपछि अप्ठेरो हुने महशुस गरेर बालक मात्रै भर्ना गर्न थालिएको अध्यक्ष भण्डारीले बताउनु भयो । आश्रममा हाल १२ जना बालकहरु रहेका छन् ।