कोइरालाको बिदाइ

0
Shares

काठमाडौं, (नेस)
सरकारका सचिव यादवप्रसाद कोइरालालाई सोमबार महानगरबाट बिदाइ गरिएको छ । महानगरमा प्रमुख प्रशासकीय अधिकृतका रुपमा काम गरिरहनुभएका कोइराला यही २ गते बसेको मन्त्री परिषद्को निर्णय अनुसार संघीय तथा सामान्य प्रशासन मन्त्रालयमा सचिवका रुपमा सरुवा हुनुभएको छ ।

२०७४ साल चैत्र २० गतेको मन्त्री परिषद्को निर्णय अनुसार २०७५ बैशाख २ गते महानगरमा हाजिर हुनुभएका कोइराला सोमबारबाटै मन्त्रालयमा हाजिर हुनुभएको छ । २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनपछि कर्मचारीको नेतृत्व गर्न आउनुभएको उहाँ तेश्रो प्रमुख प्रशाशकीय अधिकृत हुनुहुन्छ । उहाँको कार्यकाल अघि सहसचिवलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको थियो ।