शल्यक्रियाबाट जन्मजात नबोल्नेको उद्धार

0
Shares

लन्डन,(एजेन्सी)
जन्मेको दुई वर्ष सम्म सात वर्षिया लेइया आर्मितेज बोल्न नसक्ने अवस्थामा थिइन् । तर मस्तिष्कको शल्यक्रिया र वर्षौं लामो थेरापिपछि उनको वोली फुटेको छ । लेइयाका पिता बोब भन्छन् , ‘ हामीलाई उनको पछाडि बमै विस्फोट गराएपनि उनले सुन्न नसक्ने बताइएको थियो । हाम्री छोरीको सुन्न नसक्ने गहन समस्या थियो । ’

इस्ट लन्डनको डजनह्याम निवासी लेइयाको भित्री कान अर्थात सुन्ने स्नायु नरहेकाले उनका लागि श्रवण यन्त्र वा अन्य कुनै प्रत्यारोपण प्रक्रियाले काम गर्दैन थियो । त्यसकारण उनले जीवनमा कहिल्यै बोल्ने आशा नै राखिएको थिएन ।

तर निकै जोखिम मोलेर उनका अभिभावकले उनी मात्र दुई वर्षकी छँदा जटिल मस्तिष्क शल्यक्रिया मार्फत अडिटरी बै्नस्टेम प्रत्यारोपण गराउन राजी भएका थिए । यस्तो शल्यक्रिया गराउने लेइया संयुक्त अधिराज्यकै पहिलो बालिका भएकी थिइन् । एनएचएस इंगल्यान्डले यस शल्यक्रियालाई ‘ वास्तविक जीवन परिवर्तनकारी ’ संज्ञा दिँदै अन्य बहिरा बालबालिकाहरु माथि पनि यो प्रक्रिया अपनाउन आफुले आर्थिक सहयोग गर्ने बचन दिएको छ ।

वर्षको १५ जना बालबालिकालाई यस प्रक्रियाका लागि सिफारिश गरिने र ति मध्ये ९ जनाको शल्यक्रिया गरिने अनुमान गरिएको छ । गाइज एन्ड सेन्ट थोमस एनएचएस फाउन्डेसन ट्रस्टमा लेइयाको शल्यक्रिया गरिएको थियो ।