एक वर्षभित्र नेकपाको महाधिवेशन

0
Shares

मधुसूदन रायमाझी, काठमाडौ ।
नेपाल कम्युनिस्ट पार्टीले आगामी एक वर्षभित्र पार्टीको महाधिवेशन गर्ने घोषणा गरेको छ । पार्टीभित्र सांगठनिक एकता प्रक्रियालाई टुंगो लगाएलगत्तै ६ महिनाभित्र सम्मेलन सम्पन्न गरेर एक वर्षभित्र महाधिवेशन गर्ने घोषणा गरेको हो ।

पार्टीले महाधिवेशन गर्ने घोषणा गरे पनि मिति भने तय गरेको छैन । गत जेठ ३ गते पार्टी एकीकरण कार्यक्रममा तीन महिनाभित्र पार्टीको सांगठनिक एकताको काम सम्पन्न गर्ने बताइएको थियो । तर पार्टी ११ महिनासम्म आन्तरिक किचलोमा रुमलिएको थियो । पार्टी एकता भएको लामो समयपछि कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसर पारेर नेकपाले ७७ जिल्लाका जिल्ला कमिटीको अध्यक्ष र सचिवको नाम सार्वजनिक गरेको छ ।

विगतमा पूर्व दुई पार्टी एमाले र माओवादी केन्द्रबाट जिल्लाको अध्यक्षको जिम्मेवारी लिएकाहरुलाई नै पार्टीले अध्यक्ष र सचिव बनाएको छ । पार्टीले दोहोरो जिम्मेवारी नदिने मापदण्ड बनाए पनि विवादको गाँठो फुकाउन भागवण्डाअनुसार अध्यक्ष र सचिवको टुंगो लगाएको हो ।

 

नेकपाले प्रदेश नम्बर १ अन्तर्गत ताप्लेजुङको अध्यक्षमा विजय बनेम, सचिवमा बलबहादुर साम्सोहाङ, पाँचथरको अध्यक्षमा राजकुमार भण्डारी, सचिवमा होमप्रसाद जबेगु, इलामको अध्यक्षमा राम नारा, सचिवमा सोममाया राई, झापाको अध्यक्षमा चिन्तन पाठक, सचिवमा मणिकुमार साङपाङ, मोरङको अध्यक्षमा विनोद ढकाल, सचिवमा गोपिबहादुर आछामी, सुनसरीको अध्यक्षमा योगेन्द्र मण्डल, सचिवमा रमेश बस्नेत रहनुभएको छ ।

त्यसै गरी धनकुटाको अध्यक्षमा राजेन्द्र राई, सचिवमा ऋषिराम ढुंगाना, तेह्रथुमको अध्यक्षमा लक्ष्मण तिवारी, सचिवमा इन्द्रबहादुर इमसुङ, संखुवासभाको अध्यक्षमा हेमराज घिमिरे, सचिवमा कृष्ण याख्खा, भोजपुरको अध्यक्षमा प्रेमुकमार राई, सचिवमा विमल खड्का हुनुुहुन्छ भने खोटाङको अध्यक्षमा देवान चामलिङ, सचिवमा बबी चामलिङ, सोलुखुम्बुको अध्यक्षमा मानवीर राई, सचिवमा गोम्बु शेर्पा, ओखलढुंगाको अध्यक्षमा मोहनबहादुर खड्का, सचिवमा मोहन श्रेष्ठ र उदयपुरको अध्यक्षमा विनोद कटुवाल, सचिवमा ईश्वरमणि राउतलाई बनाउने निर्णय गरिएको छ ।

-६ महिनाभित्र सम्मेलन सक्ने घोषणा
-७७ जिल्लाको अध्यक्ष र सचिवको नाम सार्वजनिक
-११ महिनापछि फुक्यो गाँठो

त्यसै गरी प्रदेश नम्बर २ को जिल्ला कमिटीअन्तर्गत सप्तरीको अध्यक्षमा अशोक मण्डल, सचिवमा गोविन्द न्यौपाने, सिरहाको अध्यक्षमा रामकुमार यादव, सचिवमा प्रमोदनारायण यादव, धनुषाको अध्यक्षमा राजकिशोर यादव, सचिवमा श्रवण यादव, महोत्तरीको अध्यक्षमा राजु खडका, सचिवमा सौकिलाल यादव रहनुभएको छ । सर्लाहीको अध्यक्षमा रेवती पन्त, सचिवमा डाचाराज वाग्ले, रौतहटको अध्यक्षमा कमल यादव, सचिवमा युवराज भट्टराई, बाराको अध्यक्षमा छत्रबहादुर श्रेष्ठ, सचिवमा सुन्दर विश्वकर्मा र पर्साको अध्यक्षमा प्रभु हजारा, सचिवमा विजय महतोले जिम्मेवारी पाएका छन् ।

नेकपाले ३ नम्बर प्रदेशअन्तर्गत चितवनको अध्यक्षमा यमबहादुर परियार, सचिवमा कृष्णभक्त पोखरेल, मकवानपुरको अध्यक्षमा मुनु सिग्देल, सचिवमा प्रेम पुलामी, धादिङको अध्यक्षमा भूमि त्रिपाठी, सचिवमा शालिकराम जम्कट्टेल, नुवाकोटको अध्यक्षमा हीरानाथ खतिवडा, सचिवमा नारायण खतिवडा, रसुवाको अध्यक्षमा कन्र्याल तामाङ, सचिवमा इन्द्र गोतामे, सिन्धुपाल्चोकको अध्यक्षमा झम्क नेपाल, सचिवमा दावा तामाङ, रहनुभएको छ ।

त्यसै गरी दोलखाको अध्यक्षमा ईश्वरचन्द्र पोखरेल, सचिवमा गोपाल पाण्डे, रामेछापको अध्यक्षमा मैनकुमार मोक्तान, सचिवमा शान्तिप्रसाद पौडेल, सिन्धुलीको अध्यक्षमा राजन दाहाल, सचिवमा प्रदीप कटुवाल, काभ्रेपलान्चोकको अध्यक्षमा रुकु चौलागार्इं, सचिवमा टोकबहादुर वाइबा, भक्तपुरको अध्यक्षमा बचनबहादुर देउजा, सचिवमा डीपी ढकाल, ललितपुरको अध्यक्षमा हरिकृष्ण व्यञ्जनकार, सचिवमा राजकाजी महर्जन, काठमाडौंको अध्यक्षमा कृष्ण राई, सचिवमा हिमाल शर्मा रहेका छन् ।

त्यसै गरी गण्डकी प्रदेशअन्तर्गतका जिल्ला कमिटीको अध्यक्ष र सचिवमा क्रमशः कास्कीको अध्यक्षमा कृष्ण थापा, सचिवमा बखानसिंह तमु, तनहुँको अध्यक्षमा केदार सिग्देल, सचिवमा राजेन्द्रकेशरी न्यौपाने, लमजुङको अध्यक्षमा मधु अधिकारी, सचिवमा धनञ्जय दवाडी, गोरखाको अध्यक्षमा लेखबहादुर थापा, सचिवमा प्रेम गुरुङ रहनुभएको छ । म्याग्दीको अध्यक्षमा गोविन्द पौडेल, सचिवमा हरिकृष्ण श्रेष्ठ, मुस्ताङको अध्यक्षमा चन्द्रमोहन गौचन, सचिवमा सत्यनारायण शेरचन, मनाङको अध्यक्षमा पाल्तेन छोयान गुरुङ, सचिवमा वेदबहादुर गुरुङ, बाग्लुङको अध्यक्षमा इन्द्रलाल सापकोटा, सचिवमा ज्ञामनाथ गैरे, पर्वतको अध्यक्षमा पदम गिरी, सचिवमा सुदीप कुँवर, स्याङ्जाको अध्यक्षमा सूर्यप्रसाद गैरे, सचिवमा मीनबहादुर गुरुङ, नवलपरासी (पूर्व) को अध्यक्षमा रोशन गाहा, सचिवमा मित्रशरण शर्मालाई तोकेको छ ।

प्रदेश नं ५ अन्तर्गतका रोल्पा जिल्ला कमिटीको अध्यक्षमा सुरेन्द्र घर्ती र सचिवमा हरिप्रसाद घर्ती, रुकुम (पूर्व) अध्यक्षमा मेघबहादुर श्रेष्ठ र सचिवमा सतमान पुन, प्युठान अध्यक्षमा तुलसीराम शर्मा र सचिवमा नारायण अधिकारी, अर्घाखाँची अध्यक्षमा चेतनाराण आचार्य र सचिवमा ठाकुर विश्वकर्मा, गुल्मी अध्यक्षमा मधुकृष्ण पन्त र सचिवमा वीरबहादुर कार्की, पाल्पा अध्यक्षमा नारायण आचार्य र सचिवमा गिरबहादुर थापा, नवलपरासी (पश्चिम) अध्यक्षमा भविश्वर तिवारी र तुलसी पासी रहनुभएको छ ।

रुपन्देही अध्यक्षमा शिवराज सुवेदी र सचिवमा दधिराम न्यौपाने, कपिलवस्तु अध्यक्षमा झविलाल पोख्रेल र सचिवमा रामचन्द्र शाह, दाङ अध्यक्षमा टीकाराम खड्का र सचिवमा तुलसीराम पुन, बाँके अध्यक्षमा आईपी खरेल र सचिवमा अशोक कोइराला तथा बर्दिया जिल्ला कमिटी अध्यक्षमा भवनकुमार थारु र सचिवमा हरि ज्ञवाली रहनुभएको छ ।

त्यसै गरी कर्णाली प्रदेशको सुर्खेत जिल्ला कमिटी अध्यक्षमा ध्रुव शाही र सचिवमा कृष्णबहादुर जिसी, दैलेख अध्यक्षमा रवीन्द्र शर्मा र सचिवमा प्रेम कटुवाल, जाजरकोट अध्यक्षमा ढकवीर राना र सचिवका करवीर शाही, रुकुम (पश्चिम) अध्यक्षमा गोपाल शर्मा र सचिवमा विलम पुन, सल्यान अध्यक्षमा गोविन्द पुन र सचिवमा कर्णबहादुर बुढा हुनुहुन्छ । जुम्ला अध्यक्षमा वीरबहादुर कुँवर र सचिवमा तीर्थबहादुर बुढा, कालीकोट अध्यक्षमा धनजित शाही र सचिवमा नागिन्द्र शाही, हुम्ला अध्यक्षमा लालकेश जैसी र सचिवमा दल रावल, डोल्पा अध्यक्षमा दत्तबहादुर रोकाया र सचिवमा मालबहादुर रोकाया तथा मुगु जिल्ला कमिटीको अध्यक्षमा सुरवीर बुढा र सचिवमा धर्मबहादुर शाही हुनुहुन्छ ।

सुदूरपश्चिम प्रदेशअन्तर्गतको दार्चुला जिल्ला कमिटीको अध्यक्षमा गणेशसिंह खत्री र सचिवमा रामदत्त जोशी, बैतडी अध्यक्षमा सुरेन्द्र पाल र सचिवमा प्रेम भट्ट, डडेल्धुरा अध्यक्षमा मानसिंह माल र सचिवमा तारा जोशी, बाजुरा अध्यक्षमा कालुबहादुर शाही र सचिवमा भरतबहादुर बुढा, बझाङ अध्यक्षमा मीनबहादुर कुँवर र सचिवमा दिलबहादुर सिंह हुनुहुन्छ । अछाम अध्यक्षमा शेरबहादुर कुँवर र सचिवमा झपट साउद, डोटी अध्यक्षमा चक्रबहादुर मल्ल र सचिवमा शैलेन्द्र विश्वकर्मा, कैलाली अध्यक्षमा रतन थापा र सचिवमा लालबहादुर सोडारी तथा कञ्चनपुर जिल्ला कमिटी अध्यक्षमा वीरबहादुर थापा र सचिवमा तारा लामाले जिम्मेवारी प्राप्त गर्नुभएको छ ।

 

उत्साहका साथ लाग्न अध्यक्षद्वयको निर्देशन
नेकपा पार्टी स्थापना दिवसको अवसरमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एकता प्रक्रिया अगाडि बढेकाले कार्यकर्ताहरुलाई उत्साहका साथ लाग्न निर्देशन दिनुभएको छ । नेपालमा कम्युनिस्ट पार्टी स्थापना भएको ७० वर्ष पूरा भएको उपलक्ष्यमा नेकपाले राजधानीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्षद्वयले जनताको अधिकार र समृद्धिको चाहनालाई सम्बोधन गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले सामाजिक न्याय, जनतन्त्र र जनअधिकार, राष्ट्रियताको जगेर्ना र सार्वभौमसत्ताको रक्षाका लागि स्थापना भएको कम्युनिस्ट पार्टीले विगतमा उठाउँदै आएका जनअधिकारलाई संस्थागत गर्ने स्थानमा पार्टी आइपुगेको बताउनुभयो । भवितव्यका आधारमा दुई ठूला कम्युनिस्ट पार्टीको एकता नभएको बताउँदै उहाँले नेपाली जनताको चाहना र इच्छालाई एकीकृत गर्दै विगतमा देखेको सपना पूरा गर्न लागिपरेको बताउनुभयो । प्रधानमन्त्रीले विगत एक वर्षको बीचमा पार्टी एकताका केही विषय बाँकी रहे पनि आफूहरुले मूलभूतरुपमा एकता प्रक्रिया टुंगो लगाएको र बाँकी कामसमेत एकाध दिनभित्रै सकिने बताउनुभयो ।

टुटफुटको शृंखलाबाट अगाडि बढेको कम्युनिस्ट आन्दोलनलाई एकीकृत र शक्तिशाली बनाउन गरिएको प्रयास सार्थक र सफल भएको बताउँदै अध्यक्ष ओलीले भन्नुभयो– ‘केही मान्छे छिद्र खोजेर बसेका थिए, त्यो छिद्रसमेत समाप्त भएको छ ।’ सरकारले पृथकतावादको वकालत गर्दै आएको समूहलाई संविधानको मूलधारमा ल्याएको बताउँदै उहाँले देशमा कुनै पनि प्रकारको दण्डहीनता र अराजकतालाई स्थान नदिइने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका केही नेता जन्मसिद्ध श्रेष्ठताका आधारमा शासक बनाउन सकिन्छ कि भन्ने मानसिकतामा लागेको आरोप लगाउँदै कांग्रेसले विगतदेखि नै प्रगतिशील शक्तिका विरुद्ध प्रतिक्रियावादी शक्तिसँग घाँटी जोड्ने गलत नीति लिएको बताउनुभयो । ‘यदि कांग्रेस लोकतान्त्रिक शक्ति हो भने लोकतान्त्रिक शक्तिसँग नै एकता गर्नुपर्छ, कांग्रेसका धेरै नेताहरुले राजतन्त्र फर्काउने सपना देखेको देख्दा विचित्र लाग्छ ।’ –उहाँले भन्नुभयो ।

कार्यक्रममा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकता प्रक्रियामा जिल्ला तहको नेतृत्व टुंग्याउनु फलामे ढोका फोरेसरह भएको बताउनुभयो । एकता प्रक्रियामा सबैभन्दा जटिल बनेको जिल्ला तहको नेतृत्व चयन गर्ने काममा धेरै मेहनत गर्नुपरेको बताउँदै उहाँले भन्नुभयो– ‘एकता प्रक्रियाले पूर्णता पाएको छ, ढिलाइ भएकोप्रति क्षमा चाहन्छौं ।’

पार्टीले समाजवादको रणनीतिमा अघि बढ्ने योजना हामीले अघि सारेको र त्यो आफैमा युगान्तकारी प्रयोग भएको बताउँदै विगतको बनिबनाउ विचार र सिद्धान्तले मात्र सामाजिक रुपान्तरण सम्भव नभएको बताउनुभयो । ‘जरुरी पर्दा मात्राबाट गुणमा फड्को मार्ने आँट नगर्नेले क्रान्ति र परिवर्तनको नेतृत्व गर्न सक्दैन ।’ –प्रचण्डले भन्नुभयो । वैचारिक, राजनीतिक र सांठनिकरुपमा पार्टीलाई आक्रामक बनाउने प्रयास गरेकामा जोड दिँदै अध्यक्ष प्रचण्डले देशभित्र र बाहिरका प्रतिक्रियावादी शक्तिले नेपालको कम्युनिस्ट आन्दोलन एकता र आक्रामक मोर्चालाई कमजोर पार्ने षड्यन्त्रका तानाबाना बुन्ने प्रयास गरे पनि सफल नभएको बताउनुभयो ।