दश प्रतिशत पुरुष र सात प्रतिशत महिलामा ‘सेक्स एडिक्सन’

0
Shares

एजेन्सी । दश पुरुष मध्ये एक र सात प्रतिशत महिलाहरु सेक्स एडिक्सनबाट पीडित रहेको एक अध्ययनले देखाएकोछ । सेक्सले वैवाहिक जीवनलाइ सुखमय बनाउछ । तर त्यही सेक्स नभई नहुने अवस्था उत्पन्न भयो भने त्यो सेक्स एडिक्सनमा रुपान्तरण हुन्छ ।

अमेरिकाको मिनएसोटा विश्वविद्यालयमा गरिएको एक अध्ययन अनुसार १० प्रतिशत पुरुष अमेरिकीहरु सेक्स एडिक्सनबाट पीडित छन् । उनीहरुका लागि सेक्स अनिवार्य सरह भएको छ । त्यस्तै सात प्रतिशत महिलाहरु पनि यस्ता छन्, जसलाई सेक्स नभइ हुँदैन । अमेरिकी समाजमा सेक्सबारेको धारणा क्रमश फेरिदै गएको छ । जसका कारण पनि सेक्स सम्बन्धी व्यवहार बदलिएको छ ।

१९७० को दशकसम्म पनि अधिकांश अमेरिकीहरु विवाहभन्दा अगाडि सेक्स नगरेको राम्रो भन्ने ठान्थे । तर अहिले त्यस्तो छैन । अहिले विवाह भन्दा अगाडि र क्याजुअल सेक्स सामान्य बन्दै गएको छ । समलिंगी यौन व्यवहारमा पनि अमेरिकी समाज उदार बन्दै गएकोछ ।

यो कारणले सेक्स बारे मानिसहरुका नयाँ धारणा क्रमश विकास हुँदै गएका छन् । यस्तै उदारताका कारण कतिपय मानिसहरु सेक्सको लत बसेको बताइन्छ । जनस्वास्थ्य विज्ञहरु भने अहिले सेक्सबारे मानिसहरु अनियन्त्रित तबरले अगाडि बढ्दै गएकोमा चिन्तित छन् ।