नयाँ कार्यविधि अनुसारको अपांगता परिचय-पत्र वितरण शुरु


तनहुँ ।
जिल्लाको देवघाट गाउँपालिकामा नयाँ कार्यविधि अनुसारको अपांगता परिचयपत्र वितरण शुरु भएको छ । आइतबार एक कार्यक्रमकाबीच परिचयपत्र वितरण शिविरको प्रमुख अतिथि राष्ट्रिय सभा सांसद प्रकाश पन्थले शुभारम्भ गर्नुभएकाे हाे ।

देवघाट गाउँपालिकाको आयोजनामा भएको अपांगता परिचयपत्र वितरण घुम्ती शिविर कार्यक्रममा गाउँ पालिकाका अध्यक्ष दुर्गबहादुर थापाले गाउँपालिकालाइ अपांगता मैत्री गाउँपालिका बनाउने लक्ष्य राखिएको बताउनु भयो ।

यस्तै अपांगता परिचयपत्र वितरणसँगै देवघाट गाउँपालिका भरका अपांगता भएका व्यक्तिको आवश्यकताको पहिचान समेत गरि आगामी नीति तथा कार्यक्रममा समेट्ने उपाध्यक्ष बिमला थापाले बताउनुभयो । गाउँपालिकाले आगामी सात दिनसम्म विभिन्न वडाहरुमै पुगेर परिचयपत्र वितरण गर्ने कार्यक्रम बनाइएको छ ।