सर्वोच्चका पाँच नवनियुक्त न्यायाधीशले लिए सपथ


काठमाडौँ ।
सर्वोच्च अदालतका पाँच नवनियुक्त न्यायाधीशले पद तथा गोपनीयताको सपथ लिनुभएको छ । आइतबार राष्ट्रपति कार्यालय शितलनिवासमा आयोजित समारोहमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले नवनियुक्त न्यायाधीशहरु प्रकाशकुमार ढुंगाना, हरिप्रसाद फुयाल, सुष्मालता माथेमा, मनोजकुमार शर्मा र कुमार रेग्मीलाई सपथ गराउनुभएकाे हाे ।

यसका साथै जबराले प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई पनि सपथ गराउनुभयाे भने राष्ट्रिय समावेशी आयोगका अध्यक्ष शान्तराज सुवेदीले सदस्य विष्णुमाया ओझालाई सपथ गराउनुभएकाे छ ।