डोकोमा हुर्किदाँको दर्दानक पिडा


सलिम अन्सारी,प्युठान।

पिठ्युँमा चोयाको डोको,कम्मरमा बार हाते पटुकी, छिटको लुङ्गी र शीरमा सलको मजेत्रो गुथेर पातलै कपडामा भेटिईनुभयो प्युठानको बिकट गौमुखि २ अर्खा की छमा सुनार, थाप्लोमा नाम्लो लगाएर बोकिएको डोकोमा केही कपडा थिए ।

त्यसै माथी थिए ५ महिने दुधे बालक, त्यो पिठ्युँको डोकोमा काखे बालक खेलिरहेको छ ।

बालकलाई पनि आफ्नो औकातले भ्याए सम्मको बाक्लो कपडाले बेर्नुभएको छ उहाले । ‘बच्चा लिएर आउन त गाह्रो भयाछ, चिसो लाग्छ लागेर के गर्ने उहा भन्नुहुन्छ ।’

एकछिन त लजाउनु भयो उहाँ, सुरुमा कुरा गर्न अप्ठेरो मान्दै हुनुहुन्थ्यो तर पछि खुलनुभयो छमा। ‘यत्रो बच्चालाई कहाँ छोड्ने,’ मलिन स्वर पार्दै उहाँ भन्नुहुन्छ ‘तल (सहरबजारमा) जस्तो दूध पायाको हुन्न, हामी त तीन वर्षसम्म दूध ख्वायाको हुन्छौँ । घरमा दूध छैन ।’

डोकोमा बच्चा किन?भनेर सोध्दा हाम्रो गावँको चलन नै यस्तै हो’ भन्ने उत्तर पाईयो, ’मै पनि डोकैमा हुर्केकी रे ’ हाम्रो तीर सवै डोकोमै बोक्छन छोराछोरी,उहा थप्नुहुन्छ ।’अरु दुईभानालाई पनि डोकोमै हुर्काएँ’। बच्चा घरमा छोड्दा रेखदेख गर्ने मान्छे कोहि हुँदैन्न,छमा भन्नुहुन्छ । ‘त्यसैले डोकोमै बच्चा हुर्कन्छन’ ‘पशुचौपाया डौडिदा आफु पनि पछिपछी संगै जानुपर्यो,कोखेलिमा राखेर डौडिन सकिन्न’ छमा भन्नुहुन्छ कहाँ सुख छ र?

गाउँका धेरैजसो खेती किसानी गर्छन। धेरै गाईबस्तु हुने कृषकहरु कोट र गोठ गर्ने चलन छ। बर्षको ६ महिना उनिहरु गोठमै बिताउँछन । चरन प्रसस्त हुने र अन्नवाली जंगली जनावरले भ्याईदिने डरले तीनैको हेरचाहका लागि किसानहरु गोठ झर्छन। जिल्लाको उत्तरपुर्वी भेग तिर ‘गोठ र कोट’ गर्नेहरु धेरै छन।

एक छोरा र दुई छोरीकी आमा छमी सुनार २५ वर्ष पुग्नुभयो। उहांले १५ वर्षमै भागी बिहे गर्नुभयो।

अहिले उहाँको दैनिकी काखे बच्चा स्याहार्ने र घरधन्दा चलाउँदैमा बित्छ।’सानै उमेरमा भागियो, बच्चा जन्मिए’ उहाले सुनाउनुभयो,उ बेला सानैमा बिहे गर्न हुन्न कसैले भनेन्न ‘अहिले पढ्न मन लाग्छ तर, कामधन्दा कसले गरिदेओस्, अब मेरो भाग्य यस्तै हो जस्तो लाग्छ।’ उहाले भन्नुभयो। १५ बर्षको उमेरमा आमा बन्नुभएकि उहासंग अहिले १ छोरा र २ वहिनी छोरी छन् ।

स्कुल पढ्न तीन घण्टा टाढा जानुपर्ने थियो, चार कक्षामा पढ्दा पढ्दै भागेर बिहे गरेको उहाले सुनाउनुभयो। अज्ञानता अभाव र समस्याले अहिल पछुतो लागेको उहाको भनाई छ ।

छमाका श्रीमान् गोठमा बसेर गाईवस्तुको रेखदेख गर्नुहुन्छ ।छमाले घरको काम गर्नुहुन्छ , दैनिकी गोठालो गर्छु , सानै उमेरमा बिबाह गरियो घर व्यबहारले च्याप्दै गयो श्रीमान ज्ञान बहादुर सुनार बताउँनुहुन्छ। दलित महिला त प्रतिनिधि पात्र मात्र हुन् यहाका सम्पूर्ण महिलाको पीडा उस्तै हो, भौगोलिक रुपमा विकट भएकाले सहर बजारको जस्तो जनजीवन सहज छैन । पिठ्यँुमा भारी, निधारमा नाम्लो कहिल्यै छुट्दैन उनीहरुलाई ।

खेतबारी उनिहरुको दिनचर्या हो। पुरुषहरू धन कमाउन भारत जाने भएकाले पनि घरधन्दा सवै महिलाहरूको काँधमा छ । घरदेखि बाहिरको काम समेत उनिहरुकै ठेक्का जस्तै हुँदा निकै तनावपूर्ण छ उनीहरूको जीवन । अनकन्टार भौगोलिक बिकटताले गर्दा यहाका स्थानीय विकासका पूर्वाधारबाट वञ्चित छन् । यातायात, खानेपानी, विद्युत्, शिक्षा, स्वास्थ्यलगायतका सुबिधाको राम्ररी उपयोग गर्न पाएका छैन्न उनिहरुले ।

कामै कामको ध्याउन्नले वर्षमा एकपटक आउने चाडपर्व कतिखेर आउँछ कतिखेर जान्छ पत्तै नहुने ७६ बर्षीया पहलसिङ रानाले बताउनुभयो। बाह्रै महिना घरायसी कामले नै फुर्सद नपाउने महिलाहरूलाई लोग्ने मान्छे घरमा भए पनि खासै सघाउँदैनन् । उनीहरू सोच्छन्, घरमा श्रीमतीलाई काममा सघायो भने इज्जत जान्छ, मर्द भएर त्यस्तो काम गर्छन र ।

यहि सोचले यहाका महिलाले आफ्नै श्रीमानको पनि सहयोग पाउँदैनन् ।
गरिबी,अशिक्षा र चेतनाले झन दुर्गम छ गौमुखी। ‘गौमुखिका महिलाहरूलाई घरको कामकाज धेरै छ ।

गौमुखी गाउँपालिकाका अध्यक्ष बिष्णु गिरि भन्नुहुन्छ , परम्परागत प्रणालीको खेतीले यहाँका महिलाको जीवन झनै कष्टकर बनाएको छ ।

खेतबारीको कामको चाप, महिलाले मात्र काम गर्नुपर्छ भन्ने गलत मानसिकता पुरुषमा हावी भएकाले गाउका महिला झनै समस्यामा परेको गिरि बताउनुहुन्छ । ‘

बालबच्चालाई स्याहार्नेदेखि खेतबारीको काम हुँदै चुलो चौकासम्म आफुले गर्नुपर्ने यहाँका महिलाको नियति रहेको छ’ उनिहरुको क्षमता बिकासका लागि बजेट बिनियोजन गरेका छौँ ,उहाँले भन्नुभयो ‘महिला भित्र पनि दलित महिलाको अवस्था झन् दर्दनाक छ, र सानैमा बिहे गराइदिने प्रचलनले २० वर्ष नपुग्दै चार पाँच वटा बच्चाको आमा बन्नुपर्ने अवस्था छ ।’

गाउसरकार महिलाको चेतना र क्षमता अभिबृद्धीका लागि प्रतिबद्ध छ गिरिले भन्नुभयो।