पोखरा विश्वविद्यालय अनियमितताः नेविसंघद्वारा सिंहदरबार गेटमा प्रदर्शन


काठमाडौँ ।
पोखरा विश्विद्यालयमा भएको अनियमित भर्ना र विद्यार्थीमा परेको असरलाई लिएर नेपाल विद्यार्थि संघ (नेविसंघ) ले सिंहदरबारको गेटैमा प्रदर्शन गरेकाे छ । शिक्षा मन्त्री गिरिराजमणि पोखरेललाई ज्ञापन पत्र बुझाउने समय नपाएपछि विद्यार्थीहरुले सिंहदरबार अगाडिको सडकमै कुर्सीसहित नेविसंघकाे टोली प्रदर्शनमा उत्रिएको हो ।

दुई दिनदेखि प्रयास गर्दा पनि मन्त्री पोखरेलले समय नदिएपछि प्रदर्शनमा उत्रिएको नेविसंघका नेता मनिष सिम्खडा बताउनुभयो । उहाँलेका अनुसार मंगलबार सिंहदरबार प्रदेशद्वारमा मन्त्रीको पुतलामा बनाई कुर्सीमा राखेर सडकमै ज्ञापन पत्र बुझाईएको छ ।

सरकारले निषेधित क्षेत्र तोकेको सिंहदरबार दक्षिण गेटमा प्रदर्शनका क्रममा प्रहरीले हस्तक्षेप गरेको थियो । त्यसक्रममा नेविसंघ नेता सिजर भट्ट र सरोज थापा पक्राउ परेका छन् । नेविसंघका नेताहरुले दोषी क्याम्पसमाथि कारबाही र पीडितलाई न्याय नमिलुन्जेल आन्दोलन नरोकिने बताएका छन् ।

याे पनि पढ्नुहाेस्ः

मिलेमतोमा अवैध विद्यार्थीलाई वैध बनाइँदै