बुद्ध एयरले मन्त्री बाँस्कोटालाई एयरपोर्टमै छोडेर उड्याे, सूचना, सञ्चार तथा प्रविधि मन्त्री आक्रोशित

0
Shares

काठमाडाैं । सूचना, सञ्चार तथा प्रविधि मन्त्री गोकुल बाँस्कोटाले आफूलाई बुद्ध एयरको विमानले एयरपोर्टमै छोडेर गएपछि आक्रोश व्यक्त गरेका छन् । बाँस्कोटा सोमवार प्युठानको गौमुखी गाउँपालिकाको एक कार्यक्रममा सहभागी भएर भैरहवा आउँदै गर्दा उनलाई छाडेर उडेको थियो ।

मंगलवार बिहान बुटवलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मन्त्री बाँस्कोटाले भने, ‘विना सूचना बुद्ध एयरले जहाड उडायो । मलाई छाडेर गयो । नयाँ वर्षको अवसरमा अरू केही नभनौं । शुभकामना छ ।’ जहाजले छोडेपछि उनी सोमवार बुटवलमै बसेका थिए ।

उनले थपे, ‘जहाजले छाडेर गएपछि तपाईंहरूसँग भेट भो । मलाई त दुःख दियो । लुम्बिनी आउने पर्यटकहरूलाई कति समस्या खेप्दा होलान् पत्रकारहरूले त्यतातर्फ पनि ध्यान दिनुपर्छ । विज्ञापनको पछाडि मात्र नलागौं ।’

बाँस्कोटाले सरकारले कामको आधारशिला निर्माण गरेको बताए । सरकारले गठन भएको एक वर्षमा सरकारले कामको आधारशिला तयार गरेको दाबी गरे । ‘देशले निर्माणको बाटो पक्रे भन्दै अब देश समृद्धिको दिशामा अगाडि बढ्ने उनले बताए ।