काठमाडौं मलमा घोटला भएको भन्दै अख्तियारमा उजुरी


काठमाडौं, काठमाण्डौं मलमा घोटला भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

आयोगका प्रवक्ता प्रदिप कुमार कोईरालाले अख्तियारमा काठमाण्डौं मल सम्बन्धी उजुरी परेको पुष्टि गरे ।

प्रवक्ता कोईरालाले भने, ‘काठमाडौं मल सम्बन्धमा उजुरी परेको छ, यधपी विधी र प्रकृया गोप्य राख्नुपर्ने हुँदा यस बिषयमा थप बोल्न मिल्दैनु ।’

काठमाण्डौं मल व्यापार संघका अध्यक्ष सुषमा महराले अर्थ मन्त्रालय ,जिल्ला प्रशासन कार्यालय र अख्तियारलाई छानविनको प्रक्रिया अगाडि बढाउन आग्रह गरिएको बताईन । उनले दोषी माथि कार्वाही हुनुपर्ने माग अघि सार्दै आएकी छन । आफ्नो कर्तुत ढाक छोेप गर्न मल बचाउ अभियान वा अरु केहि भनेर हिड्नुको कुनै अर्थ नभएको उनको भनाई छ ।

काठमाण्डौं व्यपार संघ मलका व्यवसायीलाइै निकास दिन लागिरहेको र सबै ब्यापारीहरुलाई ढुक्क भएर आफ्नो व्यवसाय संचालन गर्न आग्रह गर्न चाहन्छुु उनले भनिन्।

अध्यक्ष महराले आफूले कुनै पनि हालतमा हिसाव पारदर्शी हुनुपर्ने अडान लिए पछि संघमा पहिलो कार्यकालमा रहेका ९ जनाले सामुहिक राजिनामा दिएको बताईन ।

पहिलो ठेकेदार राणाले २०७१ मंसीर ५ देखि काठमाडौं मल काठमाडौं मल व्यापार संघमा व्यापार संघ र राणाबीच सम्झौता भई कर्मचारी संचय कोषसमेतले स्वीकार गरी व्यापार संघबाट सिधै संचयकोषमा भाडा बुझाएको भनेता पनि २०७२ असोजसम्म १२ करोड ६२ लाख ६५ हजार रुपैया कर्मचारी संचय कोषले रकम नलिएको भनी राणाबिरुद्ध रिट परेको थियो ।

मुद्दामा पाटन अदालतले कर्मचारी सञ्चय कोषले भरी लिन पाउने निणर्य गरेको कागजसहित द काठमाडौं मल व्यापार संघमा उक्त अवधिको १२ करोड ६२ लाख ६५ हजार संघबाट भराई पाउ भनी राणाले निवेदन दिए पछि संघबाट ९ जनाले सामुहिक राजिनामा दिएका थिए ।

अध्यक्ष महराका अनुसार उक्त राजिनामा पास नभैन्जेल र हिसाब नाउन्जेलका लागि संघको कार्यवाहक महासचिब र कोषाध्यक्षको जिम्मेवारी माधव न्यौपाने र कमल अधिकारीलाई दिईएको छ ।