लुक्लामा समिट एयरको विमान दुर्घटना, दुइ टुक्रा भयाे विमान

0
Shares

काठमाडौं । समिट एयरको विमान भर्खरै लुक्लामा दुर्घटना भएको छ ।

नाइन एन–ए एम एच कलसाइन भएको दुर्घटना दुर्घटना भएको हो ।

मौसममा आएको खराबीले विमान दुर्घटना भएको आशंका गरिएको छ ।

मनाङ एयरकाे हेलिकप्टरमा ठेाकिएर दुर्घटना भएकाे लुक्ला विमानस्थल कायार्लयले जानकारी दिएकाे छ । दुर्घटनामा विमान चालक रविन्द्र राेकाया र सहचालक घइते भएका छन ।

सहचालक सुजित ढंगानाकाे अवस्था गम्भीर रहेकाे छ । भने मनाङ एयरका क्याप्टेन चेत गुरूङकाे अवस्था पनि गम्भीर रहेकाे बताइएकाे छ । लुक्लाबाट रामेछापका लागि उडेकाे विमान ‘सुइङ’ भएर उक्त हेलिकप्टरमा ठाेक्किएकाे थियाे । विमान दुइ टुक्रा भएकाे छ । अहिले लुक्ला विमानस्थल बन्द गरिएकाे छ ।

दुर्घटनाको बिस्तृत बिबरण भने आउन भने बाँकी छ ।