आज हावाहुरीसहितको वर्षा हुने

0
Shares

काठमाडौं । आज देशको पूर्वी तथा मध्य भू(भाग लगायत पश्चिमका पहाडी भु–भागमा आंशिकदेखि सामान्य बदली र बांकी भु–भागमा आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

त्यसैगरी देशको पूर्वी तथा मध्य भू–भागका केही स्थानमा र पश्चिमी भू–भागका थोरै स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको छ । उच्च हिमाली भूभागहरुमा हिमपातको सम्भावाना रहेको छ । साथै पूर्वी र मध्य तराईका केहि स्थानहरुमा हावाहुरीको सम्भावना पनि छ ।

त्इसैगरी आज राती देशको पूर्वी तथा मध्य भु–भागमा आंशिकदेखि सामान्य बदली र पश्चिमी भुभागमा आंशिक बदली रहनेछ । देशको पूर्वी तथा मध्य भूभागका केहि स्थानमा र पश्चिमी पहाडी भूभागका एक वा दुई स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना छ । उच्च हिमाली भूभागहरुमा हिमपातको सम्भावाना रहेको मौसम विज्ञान विभागले जनाएको छ ।