पुँजी बजारका लगानीकर्ताले सवा ३८ अर्ब गुमाए



नेपाल समाचारपत्र, काठमाडौं
गएको वर्ष शेयर बजारका लगानीकर्ताका निम्ति निक्कै निराशापूर्ण वर्षका रुपमा रहन पुग्यो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा निरन्तरको गिरावटका कारण वर्ष २०७५ मा लगानीकर्ताले सवा ३८ अर्ब रुपिया“भन्दा बढी गुमाएकाले निराशापूर्ण वर्ष बन्न पुगेको हो ।

वर्ष २०७५ मा नेप्से परिसूचक ७ दशमलव ५० प्रतिशतले घटेको छ । वर्षको पहिलो कारोबार गत वैशाख २ गते हु“दा नेप्से परिसूचक १२८० दशमलव १५ को बिन्दूमा रहेको थियो । तर, वर्षको अन्तिम कारोबार चैत २८ गते हु“दा नेप्से परिसूचक ११८४ दशमलव शून्य २ को बिन्दुमा झरेको छ । यस अवधिमा पु“जी बजारका लगानीकर्ताहरुले ३८ अर्ब ३३ करोड ७९ लाख रुपिया“ गुमाएका छन् । गत वैशाख २ गते नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा समग्र पु“जीकरण १५ खर्ब ८४ करोड ५७ लाख रुपिया“ पुगेको थियो । तर, वर्षको अन्तिम कारोबार चैत २८ गते हु“दा समग्र पु“जीकरण १४ खर्ब ६२ अर्ब ५० करोड ७७ लाख रुपिया“मात्रै रहेको छ ।

अघिल्लो वर्ष नेप्से सबैभन्दा उच्च विन्दूमा वैशाख ९ गते पुगेको थियो । उक्त दिन नेप्से १४३८ दशमलव ४९ को बिन्दूमा पुग्न सफल भएको थियो । त्यस्तै न्यूनतम बिन्दूमा फागुन १९ गते झरेको थियो । सो दिन ११०० दशमलव ५८ को बिन्दूमा झरेको थियो । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ७ दशमलव शून्य ८ प्रतिशतले घटेर २५३ दशमलव ६४ को बिन्दूमा रहेको छ । वर्ष भरी नै नकारात्मक सूचांकतर्फ गइरहेको नेप्सेका समूहगत सूचकहरु प्नि नकारात्मक हुन पुगेका छन् । वर्ष २०७५ मा बैंकिङ समूह ७ दशमलव शून्य ३ प्रतिशतले घटेर १०५२ दशमलव १२ को बिन्दुमा रहेको छ । गत वैशाख २ गते यो समूह ११३१ दशमलव ७९ को बिन्दूमा रहेको थियो ।

त्यस्तै फाइनान्स समूहमा ४ दशमलव ३२ प्रतिशतले घटेर ६१८ दशमलव १२ को बिन्दुमा रहेको छ । होटल समूहमा ८ दशमलव शून्य १२ प्रतिशतले घटेर १७२९ दशमलव ५२ को बिन्दुमा, जलविद्युत् समूहमा २४ दशमलव २६ प्रतिशतले घटेर ११३८ दशमलव ७४ बिन्दुमा, विकास बैंक समूह शून्य दशमलव ९२ प्रतिशतले घटेर १४७९ दशमलव ७० को बिन्दुमा, उत्पादक तथा प्रशोधन समूहमा १२ दशमलव ३३ प्रतिशतले घटेर १९८१ दशमलव ७५ को बिन्दुमा रहेको छ । नेप्सेको अन्य समूह १ दशमलव ८४ प्रतिशतले घटेर ७०५ दशमलव ७० को बिन्दूमा रहेको छ ।

यो वर्ष लगानीयोग्य रकम (तरलता) को अभावले शेयर बजारको कारोबार समेतलाई प्रभाव पा¥यो । उच्च दरको ब्याज तिरेर पनि लगानीकर्ताले बैंक तथा वित्तीय संस्थाबाट ऋण पाएनन् । यसले गर्दा पनि लगानीकर्ताले नोक्सान हुन पुग्यो ।वर्षको अन्तिमतिर भने नेप्से परिसूचकस“गै कारोबार रकममा वृद्धि हु“दै सुधारको संकेत दिएको छ ।

ब्याजदर बढेस“गै बजारमा सरकारले बोनस र हकप्रद शेयरको आधार मूल्यमै लाभकर लिने जस्ता कारणले सिर्जित अन्योलले पनि बजार घटाउन मद्दत पुग्यो । त्यस्तै शेयर कारोबार गर्न अनिवार्य प्यान चाहिने व्यवस्था गर्न लागिएकोमा लगानीकर्ताको दबाबमा सानो कारोबार गर्नेलाई ऐच्छिक र ठूलो कारोबार गर्नेलाई मात्र नया“ वर्षदेखि प्यानमा जानुपर्ने व्यवस्था गरिएको छ ।

भोलिदेखि प्यान नम्बर अविार्य

भोलि वैशाख २ गतेदेखि शेयर कारोबारमा स्थायी लेखा नम्बर (प्यान) अनिवार्य हुने भएको छ । एकपटकमा पा“च लाख वा त्योभन्दा बढीको शेयर कारोबार गर्दा प्यान नम्बर अनिवार्य दाखिला गर्नुपर्ने नेप्सेले जनाएको छ ।
नेपाल धितोपत्र बोर्डले चैत १० गतेदेखि पु“जी बजारको दोस्रो कारोबारमा स्वेच्छिकरुपमा स्थायी लेखा नम्बर (प्यान) लागू गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्