आत्म निर्भरताको बाटो फराकिलो हुँदै जाओस्– रेग्मी

0
Shares

काठमाडौं (नेस)
मन्त्रीपरिषदका पुर्व अध्यक्ष खिलराज रेग्मीले शासकीय सुशासन र विकासका लागि प्राथमिकीकरण गरिएका क्षेत्रमा निर्धारित पुँजीगत खर्च गर्ने क्षमताबाट नै हाम्रो सही गन्तव्य सुनिश्चित हुने बताउनु भएको छ ।

सनातनी सोंच र कार्यशैलीले नयाँ सपना र समयको गतिलाई पछ्याउन नसकिने भन्दै उहाले हरेक क्षेत्र र चरित्रमा समावेशी भावना प्रदर्शित हुन सकेमा नै सबैको ऐक्यबद्धता र अपनत्वभाव प्रदर्शित हुने बताउनु भएको छ ।
नयाँ वर्षको अवसरमा शुभकामना शन्देश दिदै मन्त्रीपरिषदका पुर्व अध्यक्ष रेग्मीले यसबाट नै सुखद भविष्यको यात्रा सहज भन्दै सरकारलाई यात्र सुझाव यात्रा यिनै कुरातर्फ उन्मुख होस भन्ने आफुले अपेक्षागरेको पनि बताउनु भएको छ ।

पर निर्भरता होइन आत्म निर्भरताको बाटो फराकिलो हुँदै जाओस् र नेपाली मन र पाखुरीहरू स्वदेशमा नै रमाएर पौरखीबन्न सकून् भन्दै शुभकामना शन्देशमा रेग्मीले भन्नुभएको छ– यी र यस्तै जनचाहना र अपेक्षाहरूलाई सम्बोधन गर्न सक्नुमा नै हाम्रो सफलता निर्भर छ ।समृद्ध नेपालको नेपाली सपना पूरा गर्नसबै पाइलाहरू केन्द्रित हुनको लागि नयाँवर्षले ग्न प्रेरित गरोस भन्ने उहाको सन्देश छ ।