प्रधानसेनापतिबाट प्राड उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान


नेपाल समाचारपत्र, काठमाडौं ।
नेपाल सरकार, मन्त्रीपरिषद्को २५ गतेको निर्णय अनुसार प्राड उपरथी दर्जामा पदोन्नति भएका सेना प्राड विकका प्राड सहायक रथी प्रकाश थापालाई आज जंगी अड्डामा आयोजित एक बिशेष समारोहका बीच प्रधानसेनापति पूर्णचन्द्र थापाले प्राड उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

साथै, प्राड उपरथी दर्जामा पदोन्नति भएका प्राड उपरथी प्रकाश थापालाई सोही विवाकको जिम्मेवारी दिईएको छ । उक्त दर्ज्यानी चिन्ह प्रदानको कार्यक्रममा नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुको उपस्थित रहेको थियो ।