भारतीय दूतावासद्धारा सिराहामा २ करोड ६९ लाख रुपियाँमा अस्पताल निर्माण


नेपाल समाचारपत्र, काठमाडाँै ।
भारतीय राजदूतावासले सिराहामा २ करोड ६९ लाख रुपियाँको लागतमा चन्द्रनारायण यादव मेमोरियल प्रसूती अस्पताल निर्माण गरिदिएकोे छ । नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीले एक औपचारिक समारोहका बीच हालै यो अस्पतालको उद्घाटन गर्नुभएको हो ।

सुविधासम्पन्न अस्पतालको निर्माणबाट सिराहा र वरपरका ५० वटा स्थानीय तहका नागरिकले प्रतक्ष्य रुपमा सेवा पाउने दूतावासद्धारा जारी विज्ञप्तीमा जनाइएको छ । अस्पतालमा अल्ट्रासाउण्ड, एक्सरे, व्लड बैंक, इमरजेन्सी सेवा, आइसिसियू, सिसियू, मेजर ओटी, माइनर ओटी, ३ वटा डाक्टर कक्ष, १ वटा नर्स कक्ष, प्रशासन, लेखाशाखा र भुँइतलामा शौचालयलाई व्यवस्थित गरिएको छ ।

अस्पतालले गुणस्तरीय मातृत्व तथा वाल स्वास्थ्यलाई विशेष प्राथमिकतामा राखेको छ । यो अस्पताल चन्द्रनारायण यादव मेमोरियल ट्रष्टद्धारा सञ्चालन हुनेछ ।