कारले मोटरसाइकललाई ठक्कर दिँदा चौधरीको मृत्यु

0
Shares

सुनसरी । मोरङमा कारको ठक्करबाट २२ वर्षीय हेम चौधरीको मृत्यु भएको छ ।

बुधबार राति जिल्लाको सुन्दरहरैचा नगरपालिका ४ बुधबारे चोकमा पूर्वपश्चिम राजमार्गमा पश्चिमतर्फ जाँदै गरेको बा ३ च ७९६२ नम्बरको कारले विपरीत दिशाबाट आउँदै गरेको को १५ प ९९७८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल चालक सुनसरीको इटहरी उपमहानगरपालिका ८ घर भएका चौधरीको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।