शिवराज नगरपालिका खुल्ला दिसामुक्त घोषणा

0
Shares

सीताराम चौधरी, कपिलवस्तु, ।कपिलवस्तुको शिवराज नगरपालिका एक भव्य समारोहबीच खुल्ला दिसामुक्त नगर घोषणा भएको छ । नगरभित्रका ११हजार ४सय ५४ घरधूरीमा शौचालय निर्माण, प्रयोग र आनीबानीमा परिवर्तन भएपश्चात नगरलाई एक कार्यक्रमका बीच खुल्ला दिसामुक्त नगर घोषणा गरिएको हो ।

कार्यक्रमको पूर्वसन्ध्यामा तामझामका साथ पञ्चेबाजाका साथ ¥याली निकाली चन्द्रौटा वजार परिक्रम गरिएको थियो । आ–आफ्ना पहिचानसहित रङ्गीचङ्गी भेषभुषामा सजिएर विभिन्न संघसंस्था, सहकारी, युवा क्लब, बालक्लब, महिला समूह, स्वयंसेविकाहरु ब्यानर, प्लेकार्ड बोकेर ¥यालीमा सहभागी थिए ।
“शिवराज नगरपालिकाको स्वभिमान, खुल्ला दिसामुक्त अभियान” भन्ने नाराका साथ नगरप्रमुख नेत्रराज अधिकारीले नगरलाई खुल्ला दिसामुक्त घोषणा गर्नुभएको छ ।

शौचालय निर्माण र प्रयोग सरसफाई क्षेत्रको पहिलो खुडकिलो भएको नगरप्रमुख अधिकारीले बताए । एक घर एक शौचालय निर्माणको लागि अभियान संचालन गरेर सबैको साथ र सहयोगले सफलता प्राप्त गरेको अधिकारीले बताउनुभयो ।
अभियान संचालनपूर्व नै नगरपालिकाका ११ वटा वडामध्ये ३ वटा वडा खुल्ला दिसामुक्त घोषणा भएको प्रतिवेदन प्रस्तुत गर्दै नगरप्रमुख अधिकारीले बताउनुभयो । अभियान संचालन पश्चात नगरका ८ वटा वडालाई खुल्ला दिसामुक्त घोषणा गरी सिंगो नगरलाई नै खुला दिसामुक्त घोषणा गर्न सफल भएको नगरप्रमुख अधिकारीले बताए । अभियान सफल पार्न हस्ताक्षर अभियान, लोटा खोस्ने, अभिमुखीकरण कार्यक्रम, सचेतना सम्वन्धी गोष्ठी, नाटक प्रदर्शन लगायतका कार्यक्रमहरु गरिएको अधिकारीले जानकारी दिनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका सभापति नारायण खनाल, युनिसेफका वास अफिसर रोकश मलि, सरसफाई दुत व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोख्रेल, राष्ट्रिय मावि चन्द्रौटाका प्रधानाध्यापक टिकाराम पाण्डे, हिमपात साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष शिवराज सुवेदी, राष्ट्रिय मानव अधिकार प्रतिष्ठानका सभापति विष्णु प्रसाद खतिवडा, नेपाल पत्रकार महासंघ कपिलवस्तुका उपाध्यक्ष पार्वती पाण्डे लगायतले शुभकामना मन्तव्य राखेका थिए ।