सिन्धुली(नेस) । झन्डै एक साता अघि सुनकोशी नदीमा वेपत्ता भएका एक वृद्ध बुधवार मृत अवस्थामा फेला परेका छन् । गत चैत २३ गते माछा मार्नेक्रममा सुनकोशी नदीमा बगेर वेपत्ता भएका सिन्धुलीको गोलन्जोर गाउपालिका– ६ का प्रेम बहादुर श्रेष्ठ पाँच दिन पछि बुधवार मृत अवस्थामा फेला परेका हुन् ।
वेपत्ता भएको पाँच दिनपछि गोलन्जोर गाउपालिकाको ग्वाल्टार पारी रामेछाप इलाकाको सुनकोशी नदी किनारमा रामेछापका एक स्थानियले श्रेष्ठको शव फेला पारी प्रहरीलाई खबर गरेका जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरिक्षक चक्र बहादुर सिंहले जानकारी दिनुभयो ।
श्रेष्ठलाई उनका परिवार, स्थानीय र प्रहरीले वेपत्ता भएदेखि खोजी कार्य सुरुगरेपनि भेटाउन सकेका थिएनन् । श्रेष्ठको शवलाई पोष्टम्याटमका लागिबुधवार नै जिल्ला अस्पताल ल्याइएको प्रहरी उपरीक्षक सिंहले जानकारी दिनुभयो ।











प्रतिक्रिया