अवैध अफिम खेती नष्ट

0
Shares

रुकुम (नेस)
अवैध रुपमा गरिएको अफिम खेती शसस्त्र प्रहरीले नष्ट गरेको छ । रुकुम पश्चिमको आठबीसकोट नगरपालिका १२ ठुलीबार्खुका विभिन्न ठाउँमा गरिएको लागुऔषध अफिम खेती सशस्त्र प्रहरीले नष्ट गरेको हो । करिव १० कठ्ठा जग्गामा लगाइएको अफिम शसस्त्र प्रहरीले नष्ट गरेको शसस्त्र प्रहरीबल गुल्म नम्बर ४७ रुकुमका प्रहरी नायव उपरिक्षक पुर्णबहादुर कुँवरले जानकारी दिनभुयो ।

लागूऔषध अफिम महँगो मुल्यमा बिक्री हुने भएकाले स्थानीयवासी अफिमको खेती गरिरहेका छन् । अफिम खेती भएको जानकारी पाएलगत्तै जिल्ला सुरक्षा समितिको बैठकबाट सशस्त्र प्रहरीको टोली उक्त क्षेत्रमा खटिएर अफिम नष्ट गरेको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले बताउनुभयो ।
गहुँबाली उत्पादन हुने खेतबारीमा नै अवैध लागुऔषध अफिमको खेती गरेको पाइएपछि सशस्त्र प्रहरी आठबिसकोट पसेको थियो । सशस्त्र प्रहरी नायव निरीक्षक झक्कु प्रसाद शर्मा नेतृत्वमा गएको टोलीले अफिम नष्ट गरेको हो ।