जीपी फाण्डेशनको दुई क्षेत्रिय अध्यक्ष चयन

0
Shares

रामेछाप (नेस)
गिरिजा प्रसाद कोईराला फाउण्डेशन रामेछापले जिल्लाको दुई क्षेत्रमा अध्यक्ष तोकेको छ । क्षेत्र नं. १ मा सुन्दर कार्की र क्षेत्र नं. २ मा भक्तीलाल तामाङलाई अध्यक्षको जिम्मेवारी दिएको फाउण्डेशन रामेछापका जिल्ला अध्यक्ष दीपक खड्काले जानकारी दिनुभयो । कार्की गोकुलगंगा गाउँपालिका–२ ठोसेका हुनुहुन्छ भने तामाङ मन्थली नगरपालिका–१४ फुलासीका हुनुहुन्छ ।

त्यस्तै मन्थली नगरपालिकाको अध्यक्षमा जनक खत्री, उमाकुण्ड गाउँपालिकाको अध्यक्षमा पवित्रा कुमार सुनुवार, लिखुतामाकोशी गाउँपालिकाको अध्यक्षमा पदम तामाङ र गोकुलगंगा गाउँपालिकाको अध्यक्षमा काजी बहादुर कार्कीलाई जिम्मेवारी दिइएको अध्यक्ष खड्काले बताउनुभयो । अध्यक्षको जिम्मेवारी दिएको स्थानीय तहमा विधान अनुसार कार्यसमिति विस्तारको लागि आग्रह गएिको समेत उहाँले बताउनुभयो ।