कर्णाली प्रदेश सरकारद्धारा वाढीपिडितलाई राहत

0
Shares

सुर्खेत (नेस)
कर्णाली प्रदेश सरकारको ४० औ मन्त्रीपरिषदको बैठकले कर्णाली प्रदेशका वाढी पिडितहरुलाई राहत दिने निर्णय गरेको छ ।
मन्त्रीपरिषदको बैठकले गरेका निर्णयको र्सावजनिक गर्दै सरकारका प्रवक्ता एवम भुमी ब्यवस्था,कृषि तथा सहकारीमन्त्री विमला केसीले वाढीपिडतहरु र हावा हुरी ,असिना पिडितहरुलाई राहत प्रदान गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

बैठकले आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रस्ताव गरेको वाढीपहिरो पिडीतहरुलाई आवास निर्माणका लागि प्रति परिवार रु ३ लाख उपलब्ध गराउने निर्णय गरेको प्रवक्ता केसीले जानकारी दिनुभयो ।

त्यस्तै बैठकले कर्णाली प्रदेशका विभिन्न जिल्लाहरुमा केहि दिन अगाडी हावा हुरी, असिनावाट पिडितहरुका लागी दुइ करोड राहत स्वरुप उपलब्ध गराउने , सुर्खेतमा निर्माणाधीन गोदाम घरको वांकी निर्माण कार्य सम्पन्न गर्ने र प्रदेश सभाको हिउदे अधिवेशन २७ गते अन्त्य गर्नका लागी प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको केसीले जानकारी दिनुभयो । “कर्णालीका वाढीपहिरो पिडीतहरुलाई प्रति परिवार घर निर्माणका लागि तिन लाख उपलब्ध गराइनेछ, जमिन भएको हकमा घर निर्माण गर्न तत्काल पहिलो किस्ता र जमिन नभएकाहरुको सन्दर्भमा सरकारले जमिनको व्यवस्था गरि रकम उपलब्ध गराउने छ” उहाँले भन्नुभयो ।

सरकारले प्रदान गर्ने रकम जनता आवासको मोडेलमा एकीकृत वस्ती विकास गर्ने तरिकाले दिइने र उक्त कार्यका लागी सम्वन्धीत स्थानिय तह संग समन्वय गरि प्रदेश सरकारले घरको स्टामेट गरि कामलाई अगाडि वढाउने मन्त्री केसीले वताउनुभयो । मन्त्री केसीका अनुसार प्रदेशका विभिन्न जिल्लाहरुमा हावा हुरी, असिना पिडितहरुका लागी १५ दिन भित्र लगत संकलन गर्ने र राहत उपलब्ध गराउने वताउनुभयो ।