डुबेर दुई बालिकाको मृत्यु

0
Shares

सर्लाही (नेस)
सर्लाहीको हरिवन ४ सासापुरमा इँटा उद्योगको पानी जमेको खाल्डोमा डुबेर मंगलबार राति दुई जना बालिकाको मृत्यु भएको छ।

गोल्ड इँटा उद्योगले माटो खन्दा बनेको खाल्डोमा डुबेर स्थानीय जुमेर सेखकी ६ वर्षीया छोरी समार खातुन र इन्तिहाज सेखकी ९ वर्षीया छोरी जस्मिन खातुनको मृत्यु भएको हो।

मंगलबार दिउँसोदेखि हराएका दुबै बालिकाको शव राती अबेर स्थानीयले पानीमा डुबेको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए।राति गाउलेहरुले खोज्दै जाँदा खाल्डोको पानीमा तैरिरहेको अवस्थामा बालिकाहरुको शव देखेका थिए। दुवै मृतकको शव परिक्षणका लागि मंगलबार राती नै मलंगवा अस्पताल पठाइएको छ । घटनाको सम्वन्धमा थप अनुसन्धान भैरहेको सर्लाही प्रहरीले जनाएको छ।