निःशुल्क आँखा शिविरवाट १ हजार लाभान्वित

0
Shares

बैतडी (नेस)
बैतडीको सुर्नया गाउँपालिकाको विभिन्न स्थानमा जारी निःशुल्क आँखा शिविरवाट १ हजार १ सय बढी नागरिक लाभान्वित भएका छन् ।

सतबाज , मोतीनगर र रौलेश्वरमा सम्पन्न निःशुल्क आँखा शिविरवाट १ हजार १ सय १८ जनाले सेवा लिएका सुर्नया गाउँपालिकाका अध्यक्ष वीर वहादुर विष्टले जानकारी दिनुभयो । जसमा १४७ जनाको मोतीबिन्दुको समस्या देखिएकोले अप्रेशन गर्नुपर्ने भएको छ । अप्रेशनको लागी पनि गाउँपालिकाले केही दिनमै निःशुल्क शिविर सञ्चालन गर्ने जनाएको छ ।

साथै शिविरमा निशुल्क आँखा चेकजाँच साथै औषधी र चश्मा पनि निशुल्क वितरण गरिएको थियो ।

ग्रामीण क्षेत्रका नागरिकलाई घरदैलोमा आँखा सम्बन्धि सेवा दिने उद्देश्यले चैत २१ सतबाजवाट सुरु भएको शिविर मंगलवार सम्पन्न भएको हो । सुर्नया गाउँपालिका , च्यारीटी हेल्थ फाउण्डेसन नेपाल र धनगढी नेत्रालय प्रालिको संयुक्त आयोजनामा शिविरको आयोजना गरिएका हो ।स्वस्थ आँखा सुन्दर संसार, मोतीबिन्दु रहित सुर्नया अभियानमा शिविरले सहयोग पुर्याउने विश्वास गरिएको छ ।