अख्तियारमा जिल्लाका १ सय १३ उजुरी

0
Shares

मोतीराम तिमल्सिना, काभ्रे
अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौडामा काभ्रेपलाञ्चोक जिल्लाका विभिन्न निकायमा अख्तियार दुरुपयोग भएको भन्दै कारवाहीका लागि १ सय १३ उजुरी दर्ता भएका छन् ।

अख्तियारको केन्द्रिय कार्यालयमा दर्ता भएका उजुरीहरु छाडेर हेटौडा कार्यालयमा दर्ता भएका उजुरीहरुको संख्या १ सय १३ रहेको आयोग कार्यालयका सह सचिव हुमकला पाण्डेले बताउनु भयो । हेटौडा कार्यालयले प्रदेश तीनका ९ वटा जिल्ला (उपत्यका बाहेक) र प्रदेश २ का बारा र पर्सा जिल्लाका उजुरीहरु हेर्दै आएको छ ।

आर्थिक वर्ष २०७४÷२०७५ मा १९ हजार ४ सय ८८ उजुरी दर्ता भएकोमा १२ हजार ४ सय फछ्र्याैट भएका छन् । हेटौडा कार्यालयमा आर्थिक वर्ष २०७४÷०७५ मा ६ सय ७९ उजुरी दर्ता भएका मध्ये ४ सय फछ्र्याैट भएका छन् । आयोगले गरेको प्रारम्भिक तथा विस्तृत उजुरीबाट ९३ लाख २३ हजार ९ सय ३२ रुपैया असुल भएको छ । काभ्रेपलाञ्चोक जिल्लाका १ सय १३ वटा उजुरी दर्ता भएकोमा ३५ वटा फछ्र्याैट भएका छन् । छिमेकी जिल्ला सिन्धुपाल्चोकका ५९ वटा उजुरी दर्ता भएका छन् । दर्ता भएका मध्ये अधिकांश स्थानीय सरकारका भएको पाण्डेले जानकारी दिनु भयो ।

दर्ता भएका मध्ये ९३ वटा विस्तृत अनुसन्धानका लागि फाईल तयार पारिएको छ । भ्रष्टाचार नियन्त्रण र सुशासन विषयक अन्र्तक्रिया कार्यक्रममा काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक जिल्लामा भएका उजुरीका प्रकृतिका बारेमा जानकारी गराईएको थियो । स्थानीय तहका जनप्रतिनिधिहरु, कार्यालय प्रमुखहरु सहभागि उक्त कार्यक्रममा भ्रष्टाचार रोक्न जनप्रतिनिधिहरु पहिलो तहको सद्भावना दुत भएको बताएका थिए । कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयु्क्त डा. गणेशराज जोशीले अख्तियारमा उजुरीको संख्या दैनिक बढ्दै गएकाले त्यसलाई कम गर्ने गरी कार्य गर्न अनुरोध गर्नु भएको थियो ।

‘उजुरीका चाङहरु थुप्रिन थालेका छन्, नाम भन्दा बेनामे उजुरी दिनेहरुको संख्या बढेको छ’–उहाँले भन्नु भयो –‘अख्तियार प्राप्त ब्यक्तिले अख्तियारको दुरुपयोग गर्न थालियो भने विश्वास टुट्दै जान्छ ।’ सहभागि जनप्रतिनिधिहरुले अख्तियारमै भएका ब्यक्तिहरु चोखो हुनु पर्ने सुझाव दिएका थिए । स्थानीय तहका उजुरीहरु अख्तियारमा बढेको भन्दै आयुक्त जोशीले स्थानीय सरकार प्रतिको विश्वास टुट्न नदिन सुझाव दिनुभयो ।

जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसीले भ्रष्टाचार शुन्य बनाउने सरकारको प्रयासलाई सबै तहका कर्मचारी तथा जनप्रतिनिधिहरुले पालना गर्नु पर्ने बताउनु भयो । अन्र्तक्रिया कार्यक्रममा सह न्यायाधिबक्ता हरिप्रसाद जोशी र हेटौडा कार्यालय प्रमुख हुमकला पाण्डेले प्रदेश ३ अन्र्तगत रहेको हैटौडा कार्यालयमा परेका अख्तियारका उजुरीका बारेमा जानकारी गराउनु भएको थियो ।

प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले जिल्लामा आएका थुप्रै उजुरीहरुलाई छानविन गरेको बताए । स्थानीय सरकारका गुनासा आउने वितिक्कै अख्तियारमा उजुरी गर्ने चलन बढेकाले तत्काल उजुरीलाई निक्र्याैलमा पु¥याई अख्तियार प्रतिको विश्वास बढाउन र जनप्रतिनिधिलाई हेर्ने दृष्टिकोण पनि फरक हुनु पर्ने बताउनु भयो ।

कार्यक्रममा नगरपालिका प्रमुखहरु, गाउँपालिका अध्यक्षहरु, भ्रष्टाचार नियन्त्रणमा क्रियाशील सामाजिक अभियान्ताहरु सहभागि थिए ।