अपहरणकारी पक्राउ

0
Shares

भक्तपुर(नेस) । चाँगुनारायण नगरपालिका–९ स्थित ताथली हलल गाँउ डेरा गरी बस्ने झापा दमक नगरपालिका–९ दुधेका सन्तोष लिम्बुलाई अपहरण गरेको अभियोगमा काठमाडौं कपन चुनिखेल बस्ने धनलाल श्रेष्ठ समेत ४ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

धनलाल समेतका ४ जनाले बा ९ च १८०१ नम्बरको कारमा सन्तोषलाई जबर्जस्ती राखी लगेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी बृत्त जगातीबाट खटिएको प्रहरी टोलीले भक्तपुर नगरपालिका–९ ब्रम्हायणीमा उक्त गाडी फेला पारी सन्तोषको उद्धार गर्नुको साथै उनीहरुलाई गाडी सहित पक्राउ गरेको हो ।