विश्व शान्तिको लागि ‘पीस रोड -याली’

0
Shares

काठमाडौ(नेस) । विश्वमा शान्ति स्थापनामा सहयोग र्पुयाउने उद्देश्यले मङलबार राजधानीमा शान्ति ¥याली निकालिएको छ । शान्तिका लागि कार्यरत संस्था युनिर्भसल पिस फेडेरसन नेपालको आयोजना गरेको ¥यालीको राष्ट्रिय सभाका सांसद रामनारायण बिडारीले नेपालको झन्डा तथा पीस रोडको झन्डा सहभागीहरुलाई हस्तान्तरण गरेर उद्घघाटन गरे ।

काठमाडौंको नारायण चौरबाट सुरु भएको पीस रोड नक्सालको परिक्रमा गरि सोही स्थानमा आएर समापन गरिएको कार्यक्रम संयोजक पूर्व सभासद मिलन कुमारी राजबंशीले जानकारी दिनुभयो ।

विश्वमा भएका धार्मिक र जातीय विभेदको अन्त्य गर्दै सद्भावसहित शान्ति कायम गर्ने उद्देश्यले ¥याली निकालिएको हो । ¥यालीमा विभिन्न दलका सांसद, सामाजिक अभियन्ता, शान्तिदूत, शिक्षक, विद्यार्थीलगायतको उल्लेख्य सहभागीता रहेको थियो ।

उद्घाटन पछि बोल्दै सासद बिडारीले शान्तिको जुन देशले जहाँबाट उठाएपनि यो पवित्र कार्य रहेको उल्लेख गदै भगवान बुद्ध नेपालमा जन्मेर जसरी शान्तिको कुरा विश्वमा फैलाए र बौद्ध धर्म स्थापना गरे । त्यसैगरी फादर मुनले कोरियाबाट संसारभरमा शान्ति छाओस भनेर बिबिन्न कार्यक्रमहरु गरिरहेको बताउनुभयो ।
सांसद बिडारीले संसारलाई जोडने एउटा मात्र सेतु बाटो रहेको उल्लेख गदै बाटो कहिल्यै अन्तय नहुने बताउनुभयो । उहांले यस्या शान्तिलाई प्रोत्साहित गर्ने कार्यक्रमहरुले समाज र राष्ट्रलाई मार्ग निर्देशन गर्ने बताउनुभयो ।

बिश्व शान्ति तथा एकिकृत परिवार संघ नेपालका अध्यक्ष सन्तोष कुमार पौडेलले विश्वमा शान्ति स्थापर्नाको लागि सहयोगी सिद्ध हुने र शान्तिभूमि नेपालको विश्वमा परिचित गराउनकालागि पनि मद्धत पुग्ने बताउनुभयो ।

कार्यक्रम संयोजक पूर्व सासद मिलनकुमारी राजबंशीले बिश्वको हरेक क्षेत्रमा अशान्ती बढीरहेको सन्दर्भमा शान्ति ¥यालीको माध्यबाट सबैलाई एउटै मालमा बाध्न सधाउने बताउनुभयो । कार्यक्रमा वल्र्ड कार्प नेपालका अध्यक्ष रुपसिँह भण्डारी लगायतले बोलेका थिए ।