राप्रपा संयुक्तले बैधानिकता पायो 

0
Shares

काठमाडौ (नेस) । निर्वाचन आयोगले राष्ट्रिय प्रजातान्त्र पार्टी (संयुक्त) लाई संविधान सम्मत र कानुनी रुपमा राजनीतिक दलको रुपमा मान्यता दिएको छ ।
अब राप्रपा (संयुक्त) विधिवत र औपचारिक रुपमा मान्यता प्राप्त राजनीतिक दलको रुपमा राष्ट्रिय राजनीतिमा क्रियाशिल रहेको छ । यसका लागि निर्वाचन आयोगलाई सो पार्टीले धन्यवाद दिएको छ ।

राप्रपाको संघर्षशिल गौरवमय इतिहास र पहिचानको प्रतिक रहेको निर्वाचन चिन्ह ‘हलो’ राप्रपा (संयुक्त) ले प्राप्त गरेको छ ।

पार्टीका कार्यकर्ताहरुको आस्था, विश्वास र भरोसा बोकेको निर्वाचन चिन्ह ‘हलो’ राप्रपा (संयुक्त) ले प्राप्त गर्नु गर्व र गौरवको विषय भएको सो पार्टीले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

राप्रपा (संयुक्त) को वैचारिक आधार राष्ट्रियता, प्रजातन्त्र र सम्र्वद्धनवादी उदारवाद र प्रगतिशील आधुनिकरण र देशमा विद्यमान सबै धर्म बीच समानता र पूर्ण धार्मिक स्वतन्त्रतालाई कायम राख्दै नेपाललाई सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र कायम गर्नु मुख्य उदेश्य रहेको पनि सो पार्टीले जनाएको छ ।