भक्तपुरमा फेरि वर्डफ्यु, दुई हजार दुई सय कुखुरा नष्ट

0
Shares

भक्तपुर,(नेस) । भक्तपुरमा फेरी वर्डफ्यु देखा परेको छ । जिल्लाको सुर्यविनायक नगरपालिका–१ तर्खगालमा वर्डफ्यु भेटिएको हो । अनुस्कृत पोल्ट्री फार्ममा वर्डफ्यु भएको प्रमाणित भएपछि मंगलवार राती नै दुई हजार दुई सय कुखुरा नष्ट गरिएको छ ।

भेट्नरी अस्पातल तथा पसु सेबा बिज्ञ केन्द्र ललितपुरका बरिष्ठ पशु बिकास अधिकृत नारायण श्रेष्ठ सहित १० जनाको टोलिले कुखुरा नस्ट गरेको हो ।
मधुराम न्यौपानेले संचालन गरेको फर्मका २२ सय कुखुरामा वर्डफ्यु भेटिएको हो । एक साताअघि पनि सोहि वडासंगै जोडिएको वडा नंं ४ को एक कुखुरा फर्ममा पनि वर्डफ्यु प्रमाणित भएपछि त्यहाँका कुखुरा नष्ट गरिएको थियो ।