विप्लव कार्यकर्ताद्धारा पार्टी परित्याग

0
Shares

खोटाङ (नेस) । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीलाई सरकारले प्रतिबन्ध लगाएपछि खोटाङका दुई कार्यकर्ताले पार्टी परित्याग गरेका छन् ।

विप्लव समूह सशस्त्र रुपले बिध्वंसात्मक गतिविधिमा लागेको भन्दै रावावेंसी गाउँपालिका ४ डुम्रेधारापानीका तुलबहादुर मगर र सोही ठाउँका ऋषीराम बिकले बुधबार पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।

कानुनले बर्जित गरेको कार्य गर्ने उक्त पार्टीको साधारण सदस्य रहन उचित नलागेको भन्दै उनीहरुले बुधबार प्रेस बिज्ञप्ती जारी गरेर पार्टी परित्याग गरेको घोषणा गरेका हुन् । पार्टी परित्याग गर्ने दुवै जनाले प्रमुख जिल्ला अधिकारी बिष्णुहरी उपाध्ययलाई बिज्ञप्ती बुझाँउदै विप्लव समूहको साधारण सदस्य परित्याग गरी साधारण जीवन यापन गर्ने जनाएका छन् ।