आज मेघ गर्जनसहित वर्षा हुने

0
Shares

काठमाडौं । देशका अधिकांश क्षेत्रको मौसम बिहीबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अपराह्नपछि देशका केही स्थानहरुमा मेघ गर्जनसहित हल्का वर्षाको संभावना रहेको छ ।

त्यस्तै राति देशको पूर्वी र मध्य भू–भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भु–भागमा आंशिक बदली रहनेछ । देशको पुर्वी तथा मध्य भू–भागका केहि स्थानमा र पश्चिमी पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको संभावना रहेको महाशाखाले जनाएको छ ।