नेकपाको मुख्यालय सुनसान, नेताको दैलोमा कार्यकर्ता

0
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको कार्यालय धुम्बाराहीमा नेता र कार्यकता जान छोडको छन् । पार्टी एकीकरण हुनुपूर्व भिडभाड हुने पार्टी कार्यालय पार्टी एकीकरण भएपछि सुनसान बनेको छ ।

पार्टी एकता भएको एघार महिना वितिसक्दा समेत नेता र कार्यकर्ताहको जिम्मेवारी बाँडफाँड नहुँदा पार्टी कार्यालयमा कार्यकता आउन छोडका छन् । पार्टी कार्यालयमा महासचिव विष्णु पौडेल, कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठ बाहेकका नेताहरु विरलै आउने गरेका छन् ।

पार्टी एकीकरणमा ढिलाई हुँदा कार्यलय सुनसान भएको छ भने नेताहरुको घरमा भिडभाड बढेको छ । सचिवालयमा रहेको नेताहरुको घरमा भने बिहानदेखि नै कार्यकर्ता भेटघाटको लागि जाने गरेका छन् ।

सचिवालमा रहेका वरिष्ठ नेताद्धय माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले पार्टीको बैठक बालुवाटारमा नभई पार्टी कार्यालयमा बस्नु पर्ने अडान लिएपछि अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बोलाएका थिए । त्यसयता पार्टी कार्यालयमा कुनै पनि बैठक बसेको छैन् ।

पार्टी कार्यालयमा अध्यक्षद्धय बस्ने कार्यकक्ष बाहेक अन्य सचिवालयका नेताहरु कहाँ बस्ने भन्ने टुंगा लाग्न सकेको छैन् । पार्टी एकीकरण भएपछि नेताहरुलाई पार्टी कार्यालय समेत विरोनोजस्तै लाग्न थालेको छ ।

पार्टीको सचिलाय बैठक भने प्रधानमन्त्री निवास वालुवाटारमा बस्ने गरेको छ । माधव नेपाल पक्षले भने पार्टीको सबै बैठक पार्टी कार्यलयमा हुने पर्ने माग गर्दै आएको छ । तर सचिवालयको बैठक भने वालुवाटरबाटै सञ्चालन हुँदै आएको छ । पार्टी कार्यालमा नेताहरु नभेटिने भएपछि कार्यकर्ताहरु आफ्नो गुनासो लिएर नेताको दैलो ढकढक्याउन बाँध्य भएका छन् ।

नेकपा केन्द्रीय कार्यालयमा कार्यरत एक कर्मचारी भन्छन–‘पार्टी कार्यालय सुनसान नै छ, अहिले नेताहरु आउन छोडेका छन, गुनासो बोकेर कार्यालयमा आउनेहरु पनि नेताको घर खोज्दै जाने गरेका छन् ।’

आठ लाख कार्यकर्ता भएका नेकपाको कार्यालय सुनसान हुँदा समेत नेताहरुको कार्यविभाजनको साथै सांगठानिक एकताको काम अझै टुंगो लाग्न सकेको छैन् ।