चोरीमा संलग्न ६ जना पक्राउ


काठमाडौं,

चोरी कार्यमा संलग्न काठमाडौं गोंगबु बस्ने रामेछाप देउराली नगरपालिकाका २२ वर्षीय दिपक थपामगर समेत ६ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका-७ बन्जला पेट्रोल पम्प अगाडि पार्किङ गरी राखेको ना.६ ख १४८७ नम्बरको बसका २ थान टायर चोरी गरी फरार भएका उनीहरुलाई प्रहरीले चन्द्रागिरी नगरपालिका-१० तीनथानामा फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।